राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई जन्मगाउँमा भब्य स्वागत

0

बिहिबार म्याग्दीको बेनी नगरपालिका १३ र १४ वडामाराष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिन बहादुर श्रेष्ठ पुग्दा स्थानीयबासी नौमति बाजा, हातमा फुलमाला लिएर स्वागतमा बसेका थिए । बाल्यकालमा गाउँमा कपीकलम लिएर विद्यालय गएको देखेका बृद्धबृद्धाले देशको विकासको रेखा कोर्न ठाउँमा पुगेको भन्दै फुलमालाले सम्मान गदैं आफ्नो परिचय दिर्दैै थिए ।

आफ्नै आगनमा खेल्दै बाल्यअवस्था पार गरेका श्रेष्ठलाई स्वागत गर्ने केह बृद्धबृद्धाले हुने विरुवाको चिल्लो पात भन्दै नेपालकै उच्च पदमा पुगेर जिल्लाबासीको शीर उच्च बनाएकोमा श्रेष्ठलाई धन्यवाद समेत दिएका थिए । तातोपानीस्थित सरस्वती माविमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा आसपासका क्षेत्रबाट साना बालबालिका देखी बृद्धबृद्धाले सम्मान गदैं आफ्ना मनका कुरा पोखिरहेका थिए ।

राजनीतिक, प्रशासनीक क्षेत्रमा निकै कमजोर हरेको म्याग्दी जिल्लाबाट वर्तमान सरकारले नियुक्ती गरेका राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेबारी सम्हालेपछि पहिलोपटक जन्मगाउँमा पुगेका श्रेष्ठलाई स्थानीयबासीका सार्थै छिमेकी बावियाचौर, बरंजा, भकिम्ली गाविसबाट समेत आफ्ना गाउँका समस्या सहित योजनाको माग गदैं स्वागत गर्न आएका थिए ।

तातोपानीस्थित सरस्वती माविका आयोजित स्वागत तथा सम्मान कार्यक्रममा तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले केन्द्रमा पहुँच नभएको जिल्लाको रुपमा चिनिएको म्याग्दीबाट देशभरका योजना बनाउने निकायको नेतृत्वतहमा पुगेको उत्साहित भएको बताए । उनले उपाध्यक्षको पदमा पुगेलगत्तै जिल्लाको विकास निर्माणमा समेत अपेक्षा गरे अनुसारको परिवर्तनको संकेत समेत देखिएको बताए ।

बेनी–दरवाङ सडक सहित ग्रामिण क्षेत्रका सडकमा धमाधम बजेट विनियोजन हुन थालेपछि उत्साहित भएका म्याग्दीबासीलाई अझै विकासको अनुभति दिलाउने योजनाहरुमा प्राथमिकताका साथ अगाडी बढ्न समेत अनुरोध गरेका थिए । सम्मान तथा स्वागत कार्यक्रममा सरस्वती माविलाई स्वंयमसेवा प्रवर्धनका लागि विद्यालय कार्यक्रम मार्फत शैक्षिक, खेलकुदका साथै नगद ५० हजारले हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा स्वंयमसेवा प्रवर्धनका लागि विद्यालय कार्यक्रमका निर्देशक शिवराज चौलागाई, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, स्थानीय विकास अधिकारी प्रेमराज गिरी, प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, पुर्व सांसद गोविन्द पौडेल लगाएतले मन्तब्य राखेका थिए । यसैविच धौलागिरि मावी सिंगामा आयोजित कार्यक्रममा समेत स्थानीयले भब्य स्वागत गरेका छन् ।

नौमती बाजा सहित जन्मगाउँमा आएका उपाध्यक्ष श्रेष्ठलाई फुलमालाले स्वागत गरेका थिए । स्थानीय बयोबृद्धा मोहनप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा छिमेकी गाविस भकिम्ली लगाएतका क्षेत्रबाट समेत सम्मानका लागि आएका थिए । दुईदिने जिल्ला भ्रमणमा आएका उपाध्यक्ष डा.श्रेष्ठले आफ्नो बाल्यकालका बारेमा स्मरण गदैं शिक्षा, स्वास्थ्य, विकास निर्माण लगाएतका क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता जनाएका थिए । उनले गाउँलेको स्वागतबाट उत्साहित भएको प्रतिक्रिया दिदैं जिल्लाको सम्रग आवश्यकताका बारेमा आफुँ परिचित रहेको समेत बताए ।