म्याग्दीको निस्कोट गाविस वडा नं। ६ मा अवस्थित जनजागरण प्राथमिक विद्यालयका लागि प्रवासमा रहेका निस्कोट वासीहरुले आर्थिक संकलन अभियान सुरु गरेका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण पूर्वाधार विस्तारमा समस्या झेल्दै आएको विद्यालयमा प्रावितह अन्र्तरगत बालविकास देखी कक्षा ३ सम्म पढाई हुने गरेको छ ।

जिल्लामा भित्रिने शैक्षिक बजेटहरुमा पहुँच नभएकै कारण टिनका पाता मुनी बसरेर घामपानीमा पढ्न बाध्य विद्यार्थीलाई सहज पठनपाठनको ब्यवस्था गर्न आर्थिक संकलन अभियान सुरु गरिएको स्थानीय यूवा एवम् आर्थिक संकलक मलेसियामा रहेका संगीत गोतामेले बेनीअनलाइनलाई भने ।

बालविकासमा अध्ययरत विद्यार्थीले टिनको छानामा अध्ययन गर्न समस्या भएपछि दुईबर्ष देखी जिल्लामा बजेटको माग गर्दा समेत सुनुवाई नभएपछि आर्थिक संकलन सुरु गरिएको छ । आर्थिक संकलन अभियानमा हालसम्म निम्न अनुसारको सहयोग संकलन भएको निस्कोट घर भई हाल जापानमा रहेका रुपेश चोचाङ्गी मगरले जानकारी दिए ।

हालसम्म निम्न अनुसारको आर्थिक संकलन भएको छ ।
ज्ञान गोतामे दुबई 5000
सागर पतेल दुबई 5000
श्री प्रसाद गोतामे कतार 10000
संगीत गोतामे मलेसिया 5000
भिम लाल सापकोटा कतार 5000
सुरेश सुवेदी कतार 2500
गिमेल गोतामे दुबई 4000
लेकमान सेती दुबई 6000
चन्द्र सेती साउदी 11000
जीवन फगामी पुन कतार 5000
दिपक पतेल कतार 5000
बोम गोतामे 2000
श्री पुन हङकङ 5000
कुशल पुन मलेसिया 5000
दर्पन पुन कतार 5000
सिकिन्द्र राय यादव सर्लाही बसन्तपुर हाल मलेसिया 2500
जिबन कुमार पुन प्युठान हाल मलेसिया 2500
रोसन गोतामे हाल कतार 5000
आशिक कुमार दास मोरङ्ग हाल मलेसिया 2500
लोकेश पतेल मलेसिया 14000
रुपेश चोचाङ्गे मगर नागोया जापान 5000