राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिन बहादुर श्रेष्ठले म्याग्दीको सदरमुकाम बेनीबजारलाई आर्कषक पर्यटकीय गन्तब्य बनाउन सकिने बताए । शुक्रबार ६७ औ प्रजातन्त्र दिवसको पुर्वसन्ध्यामा गरिएको बजार आसपासको सरसफाई कार्यक्रमको उद्घाटन गदैं उपाध्यक्ष श्रेष्ठले म्याग्दी र कालिगण्डकीको विचमा रहेको बेनीबजारको चर्चा विश्वभर रहेको बताउँदै सरसफाई सहित विभिन्न कार्यक्रमहरु सञ्चालन गरेर सुन्दर नगरी बेनीबजारलाई पर्यटकीयस्थल बनाउनु्पर्नेमा जोड दिए ।

उनले म्याग्दीको सदरमुकाम हुदै मुस्ताङ र पश्चिम म्याग्दी हुदै ढोरपाटन, रुकुम, धौलागिरि बेसक्याम जाने पर्यटकहरु भित्रिने भएकाले पनि आर्कषक गन्तब्य बनाउन नियमित सरसफाई सहितका कार्यहरुलाई प्राथमिकता दिन अनुरोध गरे । उनले जिल्लामा रहेका सरकारी कार्यालयलाई समेत स्थानीयको अभियानमा सहयोगी भुमिका खेल्न समेत निर्देशन दिए । दिवसको अवसरमा नेपाली सेना, प्रहरी, विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

फागुन ५,६ र ७ गते निर्वाचन तथा ६,७ र ८ गते प्रजातन्त्र दिवस मनाउन विभिन्न कार्यक्रम तय भएको भएको छ । सरसफाई, बकृत्वकला, प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम तय भएको छ । बजार र सार्वजनिक स्थलको सरसफाई, कार्यालय, व्यक्ति र संघ संस्थामा दिपावली तथा कर्मचारी र राजनितीक्षहरुबीच फुटबल खेल पनि हुने छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, स्थानीय विकास अधिकारी प्रेमराज गिरीको लगाएतको सहभागिता रहेको छ ।

विज्ञापन