विद्यार्थीको बौद्धिक क्षमता बढाउन अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिनुपर्ने म्याग्दीको देविस्थान गाविसमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । सुर्यमुखी यूवा क्लवले आयोजित हाजिर जवाफ प्रतियोगिताको अवसरमा अतिरिक्त क्रियाकलापले शैक्षिक उपलब्धीमा भूमिका खेल्ने बताउँदै विद्यालय र समुदायस्तरबाट समेत प्रतियोगितात्मक क्रियाकलाप सञ्चालन गरी एक विद्यार्थीबाट अर्कोमा सीप, ज्ञान हस्तान्तरण गर्नुपर्ने बताइएको थियो।

गाविसको –५ घरथोकस्थित प्रतिनर्मा प्राविमा आयोजित प्राथमिक तह हाजिर जवाफ प्रतियोगितामा प्रथम गौ बोमबस्त मावि, द्धितिय प्रतिनर्मा प्रावि, तृतिय भिम मावि र सान्त्वना मालिका प्रावि जुग्जा भएको दिप मगरले बेनीअनलाइनलाई बताए । प्रतियोगितामा विजेतालाई क्रमश १५ सय, १ हजार, ५ सय, २५० नगद, प्रमाणपत्र, कपि, कलम र सहभागि विद्यालयलाई प्रतिनर्मा प्राविका ब्यवस्थापन समितिका अध्यक्ष हरिकप्रसाद घर्तीले सम्मान गरेका थिए ।

गाविसस्तरमा खेलकुद सहित विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको क्लवले शैक्षिक क्षेत्रमा समेत सहयोग गदै आइरहेको छ । प्रतियोगिताको अध्यक्षता क्लवका अध्यक्ष तारा बहादुर घर्ती र सञ्चालन धन बहादुर घर्तीले गरेका थिए ।