सिमलचौरका अशोक पौडेलको नमुना केडी कटेज (फोटो फिचर)

1

म्याग्दीको बावियाचौर–२ सिमलचौरका अशोक पौडेल महाविनाशकारी भूकम्पमा काठमाण्डौमै थिए । शिक्षासंगै म्यूजिक भिडियो बनाउने कम्पनी सञ्चालन गरिरहेका पौडेलल भूकम्पले काठमाण्डौको दैनिकी अस्तब्यस्त बनाएपछि घर फर्किए । काठमाण्डौमा सिकेको सीप र त्यहाँको ब्यवसाय गर्नेहरुको शैलीलाई गाउँमै प्रयोग गर्ने सोच बनाए ।

जिल्लाको सदरमुकाम बेनीदेखी पश्चिम म्याग्दीको दरवाङ जोड्ने बेनी–दरवाङ सडकखण्डसंगै जोडिएको आफ्नो जग्गामा कटेज, माछापालन र अर्गानिक खेती गर्ने योजना बुबा खगराज पौडेललाई सुनाएको केही महिनापछि सञ्चालन गरेको कटेजको बार्षिक उत्सव मनाएका छन् । करिव ३५ लाखको लगानीमा ३ रोपनी जग्गामा ३ वटा माछा पोखरी, बाख्रापालन, हाँस,अर्गानिक तरकारी सहित सुरु गरेको एग्रो टुरिजमको भिजन एकबर्षमै सफल भएको छ ।

बेनी– दरवाङ सडकखण्ड अन्र्तगत म्याग्दीका विभिन्न गाविसका साथै छिमेकी बागलुङ र रुकुम जिल्लामा जाने यात्रुको रोजाईमा परेको केडी कटेज प्रालिले १० जना बस्न सक्ने होमस्टेको समेत ब्यवस्था गरेको सञ्चालक अशोक पौडेलले बताउनुभयो । अर्गानीक खाना सहित सबै लोकल उत्पादनहरुलाई प्राथमिकता दिइएको कटेजमा ग्राहकले पोखरीमा फिसिङ गरेर आफ्नै हातले पकाएर खाने ब्यवस्था समेत गरिने पौडेलको भनाई छ । आफ्ना भाई जिवन पौडेललाई समेत विदेश जान रोक्दै अन्य ३ जनालाई रोजगारी दिएका पौडेलले केहीबर्ष भित्र करिव १ करोडको लगानीको योजना बनाएकाले आम्दानीलाई एग्रो टुरिजममै खर्च गरेको बताउनुभयो ।

समाजमा यूवाको सक्रियतामा सञ्चालन भएका कुनैपनि ब्यवसायले नाफामा मात्रै केन्द्रित हुने अवस्थाको अन्त्य गर्ने सोचका साथ सन्देशमुलक योजनाहरु समेत बनाएको दावी गदै सञ्चालक पौडेलले करिव १५ मिनेटको दुरीमा रहेको तातोपानी कुण्ड, छिमेकी कुहुँमा रहेको टोड्के, प्रसिद्ध मालिकाधुरी सहित पश्चिम म्याग्दीका विभिन्न गाविसमा रहेका पर्यटकीय गन्तब्यमा आन्तरिक पर्यटकलाई भ्रमणको प्याकेज समेत बनाइरहेको यूवा ब्यवसायी पौडेलको भनाई छ । एकजना ग्राहकलाई केडी स्पेशल खाना सहित १ हजार रुपैयाँमा एकरातको ब्यवस्था गरिएका बताउँदै हरेक ग्राहकलाई कजेटद्धारा स्थापना गरिएको बाख्रापालन सहितका अन्य कामहरुलाई समेत अवलोकनको ब्यवस्था समेत गरिएको छ ।

निकट भविस्यमै पोखरा र चितवनमा समेत कटेजको शाखा विस्तारको योजना बनाएका पौडेलले पोखरा र काठमाण्डौमा रहेका पर्यटन ब्यवसायीसंग राम्रो सम्बन्ध रहेको जिल्लाको आन्तरिक पर्यटन प्रवर्धनमा समेत सहयोगी भूमिका खेल्न एग्रो टुरिजममा सक्रिय रहेको बताउनुभयो । आफ्ना सहकर्मीहरु रोजगारको खोजीमा विदेश पलायन भइरहेको अवस्थामा आफुँले गाउँमै र्दैनिक मासिक अन्य खर्च कटाएर १ लाखसम्म आम्दानी गर्ने पौडेलजस्तै यूवाहरु गाउँमै रोक्न राज्यले यूवामैत्री योजना बनाउनुपर्ने देखिन्छ ।

1 COMMENT

  1. ramro kaam brother ma 4 wa 5 mahina pashi leave ma bhet garera kura kani sahit bhojan garni shu thanks bro ajha ramro pragati gare ko sunna paiyos god bless you

Comments are closed.