म्याग्दीको पिप्ले गाविसस्थित ज्ञानोदय माविमा अध्ययरत दृष्टिविहिन विद्यार्थीको आइतबार राती निर्माणधिन अवस्थामा रहेको विद्यालयको भवनबाट लडेर मृत्यु भएको छ । विद्यालयमा नबनिर्मित भवनको भ्र्याङबाट लडेर घाईते भएकी जिल्लाको लुलाङ गाविसकी ८ बर्षिया याममायाँ विकको उपचारको क्रममा सरमुकाम बेनी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको विद्यालयका प्रधानध्यापक निलकण्ठ सुबेदीले बेनीअनलाइनलाई जानकारी दिए ।

‘आवाज आएलगत्तै उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भयो । पोष्टमार्टम गरेर परिवारको जिम्मा लगाएका छौ’ उनले भने । घटनास्थलमा प्रहरी चौकीबाट गएको प्रहरीले अनुसन्धान गरेर विद्यार्थी र शिक्षक संग घटनाको सोझपुछ गरेको छ । राती ८.३० भवनबाट खसेकाी विकको शरीरमा गम्भीर चोट लागेको थियो ।

म्याग्दीकी प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले मृतक बालिकाको पोष्टमार्टम पछि परिवारलाई जिम्मा लगाइएको बताईन् । उनले भविस्यमा समेत यस्ता दुर्घटना हुन सक्ने भन्दै सचेत हुन विद्यालयलाई अनुरोध समेत गरिन् । मृतक विकको बुवा बैदेशिक रोजगारका रहेकाले आफन्त सहित आएकी आमा श्रीमायाँ विकलाई शव बुझाइएको छ । २०६५ सालमा स्थापना भएको दृष्टिविहिन विद्यार्थी अध्ययन गदै आइरहेका छन् ।