डिएसपी बशुन्धरा खड्काले भनिन्,‘एकजुट भएर महिला हिंसाको अन्त्य गर्रौं’

0
317

म्याग्दीको प्रहरी प्रमुखका रुपमा हालै मात्र आएकी प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्कालाई सोमबार स्वागत गरिएको छ । महिलाहरुको आफ्नै व्यवस्थापनमा सदरमुकाम बेनीमा सञ्चालित सङ्गिनी बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमको आयोजना गरी उनलाई स्वागत गरेको हो ।

सहकारीका सञ्चालक, पदाधिकारी र कर्मचारीहरुले फुलमाला लगाई ढाकाको सल ओढाएर नवआगन्तुक प्रनाउ खड्कालाई स्वागत गरेका थिए । उनलाई स्वागत गर्दै सहकारीका अध्यक्ष साधना श्रेष्ठले महिलाको पहलमा सहकारी सञ्चालन गरी महिला दिदीबहिनीको व्यक्तित्व तथा नेतृत्व विकाससँगै आयस्तर बढाउन सहकारी लागिपरेको बताएकी थिइन् ।

स्वागत ग्रहणपछि बोल्दै डिएसपी बशुन्धरा खड्काले पितृसत्तात्मक सोंच राख्ने समाजको परिवर्तन गर्न आवश्यक रहेकामो जोड दिइन् । उनले आर्थिक सबलीकरण सँगसँगै समाजमा महिला हिंसा बढेकाले सबै मिलेर त्यसको निराकरण गर्नुपर्ने भन्दै सहकारीमार्फत महिला सचेतनासम्बन्धी शिक्षा सञ्चालन गर्नुपर्ने बताएकी छिन् । सहकारीका अध्यक्ष श्रेष्ठको अध्यक्षता, सचिव तेजकुमारी बानियाँ (गंगा)को सञ्चालन र सञ्चालक समिति सदस्य भगवती पूर्जाको स्वागतमा सम्पन्न कार्यक्रममा सहकारीका सञ्चालक, पदाधिकारी, शेयर सदस्य, कर्मचारीलगायतको सहभागीता रहेको थियो ।