म्याग्दीका विभिन्न १५ वटा ग्रामिण सडकलाई ४ करोड बजेट विनियोजनमा अर्थमन्त्रालयले स्वीकृति दिएको छ । सदरमुकाम बेनी संग जोडिएका ग्रामिण सडकसंगै जिल्लाका विभिन्न गाविसलाई जोड्ने जोखिमपुर्ण सडकलाई १५ लाख देखी ४० लाखसम्म बजेट विनियोजन अर्थमन्त्रालयले स्वीकृति प्रदान गरेको प्रधानमन्त्री स्वकिय सचिवालयका शाखा अधिकृत पुनम खड्काले बेनीअनलाइनलाई बताए ।

‘जिल्लाका जिर्ण सडकहरु प्राथमिकतामा परेका छन् ।विकास निर्माणका योजनालाई प्राथमिकतामा राखेर काम भइरहेको छ’ खड्काले भने । उनका अनुसार जिल्लाका अन्य सडकहरुमा बारेमा समेत छलफल भइरहेको बताए । यसअगाडी समेत बेनी दरवाङ बाहेक अति महत्वपुर्ण र आवश्यक पाँचवटा सडकमा १२ करोड बजेट विनियोजन भएको बताउँदै जिल्लाको विकासमा केन्द्रबाट योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठ सहितको टोलीले प्राथमिकताका साथ काम गरिरहेको बताए ।

‘जिल्लाको विकासमा उहाँ धेरै चिन्तित हुनुहुन्छ । दुईदिनको जिल्ला बसाईको क्रममा समेत योजनाका बारेमा ब्यापक छलफल भइरहेको छ’ उनले भने । जिविस म्याग्दी मार्फत स्थानीय विकास मन्त्रालयमा पेश भएको योजनालाई योजना आयोगले प्राथमिकताका साथ अर्थमन्त्रालयमा पठाएको थियो ।

जिर्ण सडकका कारण बर्षेनी हुने दुर्घटनालाई न्युनिकरण गर्न, स्थानीय जनताले ऋणधन गरेर विस्तार गरेका सडकहरुका बारेमा हालै गतहप्ता भ्रमणमा आएको बेलामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठले समेत बजेटको तयारी भइरहेकोले केहीदिनमा जानकारी हुने बताएका थिए । सोमबार स्वीकृत सडकमा बजेट अभाव तथा जिर्ण भएकै कारण सर्वसाधारणलाई आवतजावतमा समस्या भइरहेका सडहरुमा पर्छन् । जिल्लाको रुम, मुदी, मराङ, देविस्थान सहित उत्तरी म्याग्दीका सडकहरु समेत समावेश छन् ।

विगतमा सडकमा बजेट अभावका तिब्र गुनासो हुने गरको अवस्थामा यसबर्ष जिल्लामा भित्रिएका नयाँ योजनाहरुमा सडक केन्द्रित बजेटले समेत प्राथमिकता पाएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षले विकासको रेखा सडक समेत भएकाले नयाँ ट्याक भन्दा पनि पुरानालाई स्तरउन्नतीमा प्राथमिकता दिने बताएका थिए । उनले जिल्लाका सडकको अवस्थाका बारेमा नजिकबाट अध्ययन गरिरहेको बताउँदै तीनदिन अगाडी बेनीमा भएको कार्यक्रमममा राजनीतिक दललाई समेत जिल्लाका योजनाहरु प्रक्रियामार्फत केन्द्रमा पठाउन अनुरोध गरेका थिए ।

उनले मध्यपहाडी लोकमार्गको बैकल्पिक मार्गको रुपमा म्याग्दीको सदरमुकाम बेनी देखी पश्चिम जोड्ने बेनी–दरवाङ सडकखण्डको कालोपत्रे र स्तरउन्ततीमा ८० करोड बजेट विनियोजनमा महत्वपुर्ण भमिका खेलेका थिए । सदरमु्काम बेनी देखी दरवाङ हुदै ताकमको धारापानीसम्मको सडकस्तरउन्नती सहित कालोपत्रेका लागि अर्थमन्त्रालयले बहुबर्षिय ठेक्कामा लैजान स्वीकृती दिएको थियो । पछिल्लो समय जिल्लातहबाट समेत बजेट र केन्द्रबाट समेत थप गरिएका योजनाहरुमा समेत पश्चिम म्याग्दी हुदै रुकुम सम्म जोड्ने सडकलाई सहयोग पुग्ने गरी विनियोजन गरिएको छ ।
चार करोड बजेट प्राप्त १५ वटा सडकको विवरण