जिल्लाबाट उपलब्ध हुने विपन्न नागरिक उपचारलाई आवश्यक पर्ने सिफारिस एकघण्टामै उपलब्ध गराउने ब्यवस्था मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी राजु्प्रसाद पौडेलले आर्थिक अवस्था कमजोर भएका विरामीलाई आवश्यक पर्ने सिफारिसलाई एकघण्टा भित्र पीडितको हातमा पुग्ने ब्यवस्था गरेको बताए ।

गम्भीर रोगबाट ग्रसित विपन्न नागरिककोउपचारमा सरकारले उपलब्ध गराएका निशुल्क सेवामा सहज पहुँच नभएको गुनासो विरामीले गरेपछि जिल्लास्तरीय विपन्न नागरिक उपचार सिफारिस समितिले विरामीको एथेष्ट प्रमाण भएलगत्तै बैठक बसेर गरिने निर्णयलाई अस्पतालका कर्मचारीले तयार गरी समितिका सदस्यलाई हस्ताक्षर गरेर उपलब्ध गराउने प्रजिअ पौडेलले बताए ।

‘विरामी सिफारिसमै अल्झिएको गुनासो सुन्न थालेपछि यस्तो निर्देशन दिएको छु ।वास्तविक विरामीको परिचय खुल्ने कागजात भएलगत्तै बैठकको तयारी गर्दा घण्टौ वित्ने गरेको छ’ पौडेलले भने । जिल्लामा रहेको सिफारिस समितिमा जिल्ला अस्पालका मेडिकल प्रमुख, कोलिनिका कार्यालयका प्रतिनिधि, स्थानीय शान्ति समिति लगाएत पाँच सदस्यीय समिति रहेको छ ।

आर्थिक अवस्था कमजोर भएका विरामीहरूले उपचारमा सास्ती खेप्नु्परेको, निशुल्क सेवामा समेत ठुला अस्पतालले चर्को शुल्क लिएको लगाएतका समस्याका बारेका केही दिन अगाडी बेनीअनलाइनमा समाचार प्रकाशित भएपछि प्रजिअ पौडेलले बैठकमार्फत प्रक्रियालाई छिटो र विरामीलाई सहज उपचारको ब्यवस्थाका लागि पहल गर्न प्रतिबद्ध रहेको बताएका थिए ।

जिल्लामा मृगौला, मुटु लगाएत विभिन्न रोगका विरामीलाई सरकारले उपलब्ध गराउने सहयोगका लागि सिफारिस बनाउने प्रक्रियाका बारेमा समेत जानकारी नहुदाँ अलमलमा पर्ने गरेका थिए । निजी अस्पतालमा सिफारिस माग्दा समस्या भएको अवस्थामा अप्रेसन सहित जटिल समस्याका विरामीलाई सिधा अप्रेसन हुने सरकारी अस्पतालमै सिफारिसमा सहज बनाउन समेत सिफारिस समितिले चिकित्सकलाई अनुरोध गरेको छ ।

ग्रामिण क्षेत्रमा समेत मुटुको समस्या भएका विरामीले निशुल्क अप्रेसनका बारेमा जानकारी नहुदाँ समयमै उपचारबाट बन्चित हुने गरेका छन् । विगतमा जिल्लाबाट सिफारिस गरिनेमा कास्कीको मणिपाल, गण्डकी, चरक अस्पताल भएपनि विरामीले बेड नभएको, निशुल्कमा समेत शुल्क लिने जस्ता गु्नासो गर्न थालेपछि त्यसलाई समेत सुधार गर्ने समितिले जनाएको छ । यसैविच उपचार सिफारिस समितिले जटिल अप्रेसन सहितको निशुल्क उपचारका बारेमा स्वास्थ्य चौकीमार्फत गरिने छ ।