रवि कार्कीको ‘बेनीबजारमा झर मायालु’ (भिडियो)

0

हाँस्यव्यङ्ग्य एवं लोकदोहोरी कलाकार रवि कार्कीको पहिलो पञ्चेबाजाको लोकदोहोरी गीति एल्बमको बिमोचन भएको छ । म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरका कार्कीले बजारमा ल्याएको गीति एल्बमको काउलेगौडा युवा क्लबले एक कार्यक्रमको आयोजना गरी मङ्गलबार बेनीमा बिमोचन गरिएको हो ।

एल्बमको बिमोचन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले लोकसङ्गीतले कला र संस्कृतिको विकास गर्ने भएकाले यसको संरक्षण गर्नुपर्ने आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रममा म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्का, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य वसन्त थापा र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्मा लोकसङ्गितमार्फत कला संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष कृष्ण जिसीले मन्तव्य राखेका थिए । सांस्कृतिक साँझको समेत आयोजना गरिएको उक्त कार्यक्रममा लोकदोहोरी प्रतिष्ठान धौलागिरि अञ्चल अध्यक्ष राजेन्द्र सापकोटा, कोषाध्यक्ष नकुल ढकाल, म्याग्दी उपाध्यक्ष ध्रुव जिसी, गायकहरु अमित विश्वकर्मा, पदम विश्वकर्मा, निशा केसीलगायत राष्ट्रिय तथा स्थानीय कलाकारले आ–आफ्नो गीतसङ्गित र नृत्य प्रस्तुत गरेका थिए ।

काउलेगौडा युवा क्लब अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता, संस्थापक अध्यक्ष तेजेन्द्र बानियाँको सञ्चालन, गीति एल्बमका शब्द संयोजक प्रवीण खत्रीको स्वागत र गायक रवि कार्कीको धन्यवाद मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो । मौलिक पञ्चेबाजा समावेश गरी आफ्नै गाउँमा एल्बमको छायाङ्कन गरिएको गायक कार्कीले बताए ।

‘बेनीबजारमा झर मायालु, मत परें है भर मायालु, आउँदाखेरी फोन गर मायालु’ बोलको गीति एल्मबमा चर्चित लोकदोहोरी गायिका देवी घर्तीमगर र गायक स्वयं रवि कार्कीले नै स्वर दिएका छन् । प्रवीण खत्रीको शब्द संयोजन रहेको एल्बमको लय गायक कार्की, एरेन्ज चर्चित सङ्गितकार बसन्त थापा, निर्देशन प्रकाश भट्ट, मोडेल प्रकाश भट्ट र अन्जली अधिकारी रहेका छन् ।

उक्त म्युजिक भिडियोमा नेत्रराज सुवेदीले दुलाह र रक्षा जिसीले दुलहीको भूमिकामा अभिनय गरेका छन् । यसैगरी भिडियो निर्माण शाही भिजन प्रालि काठमाडौं र रेकर्ड स्थायी डिजिटलमार्फत गरिएको एल्बमको गीतमा शब्द पुला, राखु, मल्लाज र बेनी क्षेत्रलाई समावेश गरेर बनाइएको छ ।