राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको निर्वाचनमा पुर्व सहायक मन्त्री जगतप्रसाद गौचन विजय भएका छन्। बुधबार विहान सम्पन्न भएको निर्वाचनको मतगणनामा १ हजार ३३ मत प्राप्त गरेका छन् । म्याग्दीको पाखापानी गाविस स्थायी घरभई हाल काठमाण्डौमा बस्दै आइरहेका गौचन टप २० जना केन्द्रिय सदस्यभित्र परेका छन् । मतदानमा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गरिएको थियो ।

२०४६ साल पछि राजनीतिमा सक्रिय भएका गौचन खेलाडी समेत हुन् ।उनले राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका खेलहरुमा समेत सहभागिता जनाएका छन्। २०५६ सालको संसदीय निर्वाचनमा समेत उम्मेदवार बनेका गौचन पुर्वराजाको सक्रिय शासनमा सहायक राज्यमन्त्री समेत बनेका थिए । राजपरिवारको निकट मानिने गौचनले महाधिवेशनमा समेत नवनिर्वाचिन अध्यक्ष कलम थापाको राजतन्त्रको पुर्नस्थापनाको एजेण्डा लिएर चुनावी प्रचारप्रसारमा लागेका थिए ।

धौलागिरि अञ्चलबाट विगतका महाधिवेशनमा एक्लो तथा टप १० भित्र मत ल्याउने केन्द्रिय सदस्यको सुचीमा पर्ने गरेका गौचनले राजतन्त्रको एजेण्डालाई बोकेकै कारण यसपटक अपेक्षा गरेअनुसारको मत ल्याउन नसकेको बताइन्छ । पार्टीको ४ पटकसम्म केन्द्रिय सदस्य बनेका गौचनले स्थानीय निकाय सहित जिल्लामा पार्टीलाईै पुरानै अवस्थामा फर्काउन सक्रिय हुने बताए । ‘अव राजसंस्था पुर्नस्थापनाको प्रमुख एजेण्डा सहित चुनावी मैदानमा प्रवेश गर्नेछौ। पार्टीको महाधिवेशनबाट नयाँ योजना सहित जिल्ला फर्केछु’ गौचनले बेनीअनलाइनलाई भने ।

उनले म्याग्दी जिल्लाको विकासमा हालसम्म पार्टीको योगदान रहेको समेत बताए । सहर देखी गाउँसम्मका राप्रपाका शुभचिन्तकहरु रहेको र विगतमा अन्य पार्टीमा गएकालाई समेत फर्काउने बताउँदै म्याग्दी जिल्लामा राप्रपालाई कमजोर ठान्नेहरुले छिटै परिणाम देख्ने समेत बताए । विगतमा आफ्नै दाजु भिमप्रसाद गौचनसंगको सम्बन्धमा देखिएको चिसोका कारण समस्या विवादमा तानिने गरेका थिए । पार्टीमा धौलागिरि अञ्चलबाट गौचन बाहेक ६ जनाले खुल्ला सदस्यमा उम्मेदवार दिएकोमा बागलुङका राजभण्डारी समेत विजय भएका थिए ।
खुलातर्फ ४० मध्ये २० मा परेका नेताहरूः
११. दीपक बहादुर सिंह– ११८३
१२.भुवन पाठक– ११७४
१३. गोबिन्दराज खनियाँ– ११६९
१४. राजेश गिरी– ११२८
१५. विक्रमबहादुर थापा– १०९०
१६. दिलविकाश राजभण्डारी– १०९०
१७. रवीन्द्र प्रताप शाह १०६६
१८. राजाराम श्रेष्ठ– १०५५
१९. प्रेमबहादुर भण्डारी– १०४२
२०. जगत गौचन– १०३३

विज्ञापन