बेनी नगरपालिका–१२ पुलाचौरमा अवस्थित जनकल्याण माध्यामिक विद्यालयका भूपु विद्यार्थीले विद्यालयमा विद्युतीय पुस्तकालय जडान गर्न आर्थिक सङ्कलन गरेका छन् । जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा धमाधम विद्युतीय पुस्तकालय जडान भइरहेको अवस्थामा पुलाचौर घर भई हाल दक्षिण कोरियामा रहेका अमित पौडेलको संयोजकत्वमा सुरु भएको आर्थिक संकलन अभियानमा विद्यालयका पुर्व विद्यार्थी सहित शुभचिन्तकले धमाधम आर्थिक सहयोग गरेका थिए ।

‘आफुले अध्ययन गरेको विद्यालयको मायाँ सबैलाई हुन्छ । केहीदिनको प्रयासमै आवश्यक रकम संकलन गरिसकेका छौ’ पौडेलले भने । उनले आधुनिक शिक्षाको आवश्यकता रहेको विद्यालयका विद्यार्थीलाई पठनस्तरको सुधार सहित अध्ययन प्रतिको रुची जगाउन समेत पूर्व विद्यार्थीले सक्रियता देखाएको बताए । उनले विद्युतीय पुस्तकालय स्थापनाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिदैं सदुपयोगका लागि समेत अनुरोध गरेका छन् । एउटा विद्यालयमा विद्युतीय पुस्तकालयका लागि आवश्यक पर्ने बक्स खरिद गर्न ७५ हजार आवश्यकता पर्छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले जिल्लामा पुस्तकालय स्थापनाको अभियान सञ्चालन गरेको छ । ईन्टरनेटको प्रयोगबिनै कम्प्युटरमा पाठ्यपुस्तक पढ्न, दृष्य हेर्न र श्रब्य सामाग्री सुन्न सकिने प्रबिधि जडित विद्युतीय पुस्तकालयले शिक्षाको गुणस्तर, विद्यार्थीको पढाईप्रती रुची र सिकाई उपलब्धी बढाउन मद्दत पुग्छ । विद्युतीय पुस्तकालयमा ईन्टरनेट नभएको अवस्थामा पनि पाठकले आफूले चाहेको पुस्तक अध्ययनका साथै शिक्षा, स्वास्थ्य, कृषि, वातावरण लगायत विषयसंग सम्बन्धित सन्देशमुलक श्रब्य, दृष्य सामाग्री हेर्न र सुन्ने सुबिधा छ । पुस्तकालयमा कक्षा २ देखि ७ सम्मको पाठ्यक्रम र आठ हजार विभिन्न बिधाका पुस्तक रहेको सफट्वेयर जडान गरिएको छ ।

१. अमित पौडेल बे. न. पा. १२ पुलाचौर हाल दक्षिण कोरिया रु १०,०००/-
२. अर्जुन हमाल (बाबु) बे.न.पा. १२ पुलाचौर हाल दक्षिण कोरिया रु १०,०००/-
३. पुरन बानियाँ बे.न.पा. १२ पुलाडाडा हाल दक्षिण कोरिया रु १०,०००/-
४. शर्मिला बानिया बे.न.पा. १२ पुलाचौर हाल दक्षिण कोरिया रु १०,०००/-
५. सुशील श्रेष्ठ बे.न.पा. १२ पुलाचौर हाल दक्षिण कोरिया रु १०,०००/-
६. सज्जन केसी बेनी मंगलाघाट हाल दक्षिण कोरिया रु ५०००/-
७. सुबाश श्रेष्ठ बेनी हाल दक्षिण कोरिया रु ५०००/-
८. देबेन्द्र कुँवर बे.न.पा चुत्रेनी हाल दक्षिण कोरिया रु ५०००/-
९. गोबिन्द लम्साल चिसापानी -९ स्यांग्जा हाल दक्षिण कोरिया रु ३०००/-
10. भरत श्रीष मगर पाण्डबखानि ७ बाग्लुङ्ग हाल दक्षिण कोरिया रु २०००/-
11. मेघनाथ श्रेष्ठ ७ हजार
12.तेजेन्द्र श्रेष्ठ ५ हजार