बेनी नगरपालिका–१ का २५ बर्षिय एक यूवाले हाम फालेर आत्महत्या गरे । मानसिक समस्या भएकै कारण काठमाण्डौमा उपचार गरेर दाजुको विवाहको तयारीमा घर फर्किएका थापा थरका यूवाले घरको रमझममै आत्महत्याको बाटो रोजे । जिल्लाकै रूम गाविस–१ की १६ बर्षिया एक यूवती र भकिम्ली–२ का २८ बर्षिय पुन थरका एक यूवाले फरक– फरक मितिमा घरमै झु्िरन्डएर आत्महत्या गरे । यी म्याग्दीमा भयावहा रुपमा बढ्दै गएको आत्महत्याको प्रतिनिधिमूलक घटना मात्रै हो ।

पछिल्लो ६ महिनाको तथ्याङ्कमा जिल्लामा आत्महत्याको बाटो रोज्न १० जना मध्ये तीनजना ३० बर्ष उमेरमुनीका छन्। अघिल्लो दिन सामान्य अवस्थामा देखिएकाले अर्को दिन घरमा एक्लै भएको बेलामा एक्कासी आत्महत्याको बाटो रोज्ने गरेको घटनाले त्रसित बनेको समाजबाट आफुँखुसी गरिने हत्यालाई न्यूनिकरणमा आवश्यक पर्ने अभियानमुखी कार्यक्रमले प्राथमिकता नपाउँदा कलिलै उमेरमा मृत्यु रोज्नेको संख्या दिनप्रति दिन बढ्दै तथ्याङ्कमा देखिन्छ ।

आत्महत्या गरेकाहरूको प्रहरीमा रहेको ब्यक्तिगत विवरणमा अशिक्षा, अनिच्छित गर्भधारण, मानसिक रोगीलाई उपचारको अभाव, आर्थिक समस्या, गरिवी, अशिक्षा,सामाजिक कुरिती, दिर्घरोगी, आवेक,असफलता,उच्च महत्वकांक्षा पुरा गर्न नसकेका,प्रेममा असफलता,बैदेशिक रोजगारमा गएका श्रीमानले पठाएको रकम दुरुपयोग गरी परपुरुषसंगको अनैतिक सम्बन्ध लगाएतका कारण उल्लेख गरिएको छ।

जिल्ला अस्पताल म्याग्दीका डा. धिरेन मल्लले जीवनप्रति चरम निराशाको भाव भएकाले आत्महत्या रोज्ने गरेको बताए । आत्महत्या चिन्ताको विषय भएको बताउँदै डा. मल्लले यूवा अवस्थामा आफ्नो मागहरू पुरा गर्न अस्वीकार गर्ने अभिभावकलाई देखाउन समेत आत्महत्याको बाटो रोज्ने गरेको समेत बेनीअनलाइनलाई बताए । ‘धर्य गर्ने क्षमताको विकास नहुदाँ क्षणभरको निर्णयमा आत्महत्या गर्छन्’ डा. मल्लले भने । मनोचिकित्सा सम्बन्धि विभिन्न तालिम र गोष्ठीको अनुभव समेत रहेका डा. मल्लका अनुसार मानसिक विचलनका आत्महत्याको प्रमुख कारण बनेको बताए ।

उनले कलिलै उमेरमा मानसिक समस्या झेल्दै आइरहेका यूवाहरूले उत्पन्न पीडा र यातनाबाट उन्मुक्तिका लागि आत्महत्या बाहेकको विकल्प नदेख्ने गरेकाले पनि विकराल समस्या बनेको बताए । मानसिक समस्यामा परेकालाई तत्कालै उपचारको बाटो रोज्नुपर्नेमा परिवारबाट समेत समान्य रुपमा लिने, केहीदिन अस्पतालम लगेर औषधी सेवन गर्ने गरेपनि मनोपरामर्शदाताको पहुँचमा नपुग्नुले पनि आत्महत्याको संख्या बढ्ने गरेको डा. मल्लको भनाई छ ।

मानिसको केहीदिनको दैनिकी, आफन्त, साथीहरू संग गर्ने ब्यवहार, बोल्ने शब्द, भावी योजना लगाएतलाई पहिचान गरेलगत्तै निगरानीसहित उचित उपचारको खोजी गरे घटनालाई न्यूनिकरण गर्न महत्वपुर्ण भूमिका खेल्ने समेत उनको भनाई छ । घटना भएपछि मृतकका गतिविधि सार्वजनिक गर्ने गरिएपनि त्यसलाई समयमै रोकथाम गर्न तर्फ अग्रसर नहुनुमा परिवार र समाजको समेत कमजोरी भएको चिकित्सकको भनाई छ । म्याग्दी संगै छिमेकी जिल्ला पर्वतका केही गाविसमा बालबालिकामा समते यो समस्या भयावहा रुपमा देखा पर्न थालेको बताउँदै चिकित्सकले जिल्लामा बालमनो परार्मशदाताको समेत आवश्यकता महसुुस भएको बताउँछन् ।

‘समाजमा घटेका घटनाहरूबाटै पाठ सिक्नुपर्छ । आत्महत्या रोक्न सक्ने धेरै उपायहरु छन्’ प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले भनिन् । मनोपरामर्श उपलब्ध गराएर जटिल बाटाहरुमा निभर्यका साथ हिँड्न दृढ मनोवल प्रदान गर्न सक्ने उपायहरुको प्रयोग गरिए आत्महत्या गर्नेको संख्यामा न्यूनिकरण गर्न सकिने बताईन् । तनाव, डिप्रेसन जस्ता मानसिक समस्याहरु आत्महत्याका मार्ग भएकाले यसलाइ्र्र रोकथाम गर्न परिवारबाटै पहिलो प्रयास हुनुपर्ने प्रनाउ खड्काको भनाई छ । जिल्लामा झुन्डिएर आत्महत्या गर्नेको संख्या अत्याधिक भएपनि विष सेवन र हामफालेर बर्षेनी २० भन्दा धेरैले आत्महत्या गर्ने गरेका छन् ।