कालिपुल बसपार्कबाट लागुऔषध विक्री गर्ने तीनजना पक्राउ

0

बेनी बसपार्कबाट प्रहरीले तीनजनालाई लागुऔषध सहित पक्राउ गरेको छ । लागुऔषधको कारोबार भइरहेको जानकारी पाएपछि प्रहरी सहायक निरिक्षक धन बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा तीनजनालाई पक्राउ गरिएको हो ।

रुपन्देशी खैरेनी–४ बस्ने १८ बर्षिय अजय शेन्चुरी, २० बर्षिय राजु राना र कास्की जिल्ला पोखरा उप महानगरपालिका–१५ का २१ बर्षिय सोनम घतानेलाई डाईजेपाम ७, एम्पुल, फेनोरागन ७ एम्पुल, टाइजेसिक ७ गरी २१ एम्पुल,५ मि.लिको निडिल सिरिङ्ज ३ थान र नगद ६ हजार सहित अपराधजन्य गतिविधिमा प्रयोग भएका ३ थान मोवाईल फmेला परेको प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले बेनीअनलाइनलाई बताईन् । पक्राउ परेका तीनजनलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

पछिल्लो समय बसपार्क लागु औषधको प्रयोगकर्तालाई जिल्ला बाहिरबाट खरिद गरेर ल्याउने सेन्टरका रुपमा प्रयोग भइरहेको छ । गत बैशखा महिनाको पहिलो साता समेत पोखराबाट बेनीमा रहेका लागुऔषधका दुब्र्यसनीहरूलाई लक्षित गरेर ल्याइएको औषध, गाँजा सहित कास्की उप महानगरपालिका–६ का मनिष अधिकारी, पर्वत आर्थरडाँडा–५ कृष्ण रानालाई कालिपुल बसपार्कस्थित कुमार होटलबाट नियन्त्रणमा लिएपछि प्रहरीले नियमित जिल्लामा लागुपदार्थ भित्राउने जालो फेला पारेको थियो ।

बसमा कार्यरत सहचालकहरूले लुकिछिपी भित्राउने गरेको गोप्य सुचनाका आधारमा अभियुक्तबाट झोलामा डाईजापाम इन्जेक्सन २९ थान, ईन्जेक्सन २८ थान, ५ ग्राम गाँजा सहित लागुऔषध बरामद गरिएको थियो । बेनीबजार तथा आसपासका क्षेत्रमा स्कुले विद्यार्थी देखी यूवाहरु समेत लागुऔषधीको प्रयोगकर्ता रहेका छन् । कास्कीको पोखराबाट बसको सहचालकले ल्याएर प्रयोगकर्तालाई दिने गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो ।

जिल्लामा लागुऔषधका प्रयोगकर्ता बढ्दै जान थालेपछि कारोबारीहरु समेत जिल्ला बािहरबाट भरियाका रुपमा यूवाहरुमार्फत लागुऔषध विक्री गरिरहका छन् । जिल्लामा लागुपर्दाथ र औषधको प्रयोगकर्ताले सामाजिक सुरक्षामा समेत गम्भीर असर गरेको छ । ग्रामिण क्षेत्रबाट गाँजा, चरेस तथा जिल्ला बाहिरबाट औषध ल्याएर बेनीमै खरिद विक्री समेत हुने गरेको छ । प्रहरीका अनुसार सवारीसाधनमा केही रकम दिएर समेत यूवाहरुलाई ठुला तस्करहरुले प्रयोग गरिरहेपनि मुख्य जालोसम्म पुग्न नसक्दा एजेण्डका रुपमा प्रयोग भएकालाई लागुऔषध कारोबार ऐन अन्र्तरगत मुद्धा दर्ता गरिएको छ । बैशाखमा कालिपुलमै फेला परेको लागुऔषधको फाईल तस्विर