बोनम्यारो र रक्तक्यान्सर पिडित सिताको नयाँ दिल्लीमा निधन

0

म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्तक्यान्सरबाट पिडित सिता ( कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारको क्रममा निधन भएको छ । रक्तक्यान्सरको उपचारसंगै बोनम्यारो पत्यारोपणको लागि भारतको इन्द्रगान्धी अस्पतालमा उपचार गराइरहेकै समयमा उहाँको बुधवारराती अकस्मात निधन भएको हो ।
लामो समयसम्म टिचिङ अस्पताल काठमाण्डौमा उपचार गराईएपनि बोनम्यारो पत्यारोपणको लागि क्षेत्रीलाई उपचारको लागि करिब साढे एक महिना अगाडि भारत लगिएको थियो ।

बिशेषज्ञ डाक्टरहरुको बिशेष निगरानीमा बोनम्यारो पत्यारोपणको उपचार प्रकृया सुरु गरिएपनि उहाँको स्वास्थ्यमा अकस्मात खराबी आएको र उपचारकै क्रममा इन्द्रगान्धि अस्पतालमै निधन भएको क्षेत्रीका देवर रिम कटुवाल क्षेत्रीले बताउनुभयो । क्षेत्रीको उपचारमा लाखौँ रुपैयाँ आबश्यक पर्ने भएपछि गत मंसिर देखि सिता (कृष्णकुमारी) कटुवाल क्षेत्री बचाउ अभियान समेत सुरु गरिएको थियो । उहाँको उपचारको लागि राखुबासीहरुको पहलमा स्वदेश तथा विदेशमा रहेका म्याग्देलि र नेपालीहरु मार्फत करिब रु ४५ लाख संकलन भएको थियो ।
सोही रकमबाटै उहाँको उपचार गराइएको थियो ।

यसैबिच क्षेत्रीको उपचारको लागि आर्थिक संकलनको लागि गठित सिता बचाउ अभियान समितिले उहाँको असामयिक निधनप्रति गहिरो दुख व्यक्त गरेको छ । समितिले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति यस दुखत घडिमा धैर्यधारण गर्ने शक्ति प्रदान होस भनी कामना गरेको छ । समितिले उहाँको उपचारमा आर्थिक र नैतिक रुपमा सहयोग गर्ने सबै महानुभाव तथा संघ संस्थालाई धन्यबाद ज्ञापन गरेको छ । उपचारकै क्रममा दिवंगत हुनुभएकी क्षेत्रीको सबलाई आज नेपाल ल्याइदै छ । दिवंगत क्षेत्रीको सबलाई शनिवार विहान बैसरी नजीकै कालीगण्डकी नदीको तिरमा रहेको कुनौटो घाटमा अन्त्योटि गरिनेछ ।