म्याग्दीबाट निजामति सेवामा पहुँच बढाउनुपर्छ : न्यायपरिषद् सचिव सुबेदी

0

’नब्बे जनाको अधिकृतको सुचिमा झापा, गुल्मी, स्याङ्जाबाटै ३० जना समावेश हुदाँ म्याग्दीबाट म एक्लै थिए’ न्याय परिषद्का सचिव नहकुल सुबेदीले आइतबार म्याग्दी उद्योग वाणिज्य संघको स्वागत कार्यक्रममा प्रमुख अतिथिको मन्तब्य दिदाँ दिएको उदाहरण हो यो ।

म्याग्दी जिल्लाबाट न्यायको क्षेत्रमा उच्च पदमा पुगेका सुबेदी हालै न्याय परिषद्मा सचिवको जिम्मेबारी सम्हालेपछि गृहजिल्ला म्याग्दी आएका सुबेदीले निजामित क्षेत्रमा म्याग्दीको उपस्थिति कमजोर भएको बताए । उनले देशभरबाट अन्य क्षेत्रबाट धमाधम निजामति क्षेत्रको माथिल्लोस्तरमा पुग्दा समेत म्याग्दीबाट कमजोर अवस्था देख्दा दुख लाग्ने गरेको बताए ।‘कता कता पिडाबोध हुन्छ । राज्यको निकायमा हामी पुग्न सकेमा त्यसले जिल्लाको सम्रग भूमिका सहयोग पुग्छ’ सुबेदीले भने ।

प्रशासनको क्षेत्रमा म्याग्दीबाट सचिवस्तरसम्म पुगेको एकजना पनि नहुदाँ एउटै जिल्लाबाट १० जनासम्म पुग्ने गरेको बताउँदै सार्वजनिक सेवा प्रवाहको क्षेत्रमा म्याग्दीबाट उपस्थिति बलियो बनाउनु्पर्नेमा जोड दिए । उनले निजामति क्षेत्रमा म्याग्दीको उपस्थिति बढाउन जिल्लास्तरमा समेत त्यसको वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले विश्वका धेरै देशहरुमा म्याग्देलीहरुको जमघट देख्दा उत्साह लाग्ने भएपनि आफ्नै देशमा यस्तो जनशक्ती प्राप्त गर्न पाए कस्तो हुने थियो भन्ने मनमा खेल्ने गरेको बताए ।

‘जुन देशमा गएपनि म्याग्देलीहरुको समाज भेटिन्छ । त्यो राम्रो भएपनि नेपालको सेवाप्रवाहको क्षेत्रमा समेत उपस्थिती राम्रो हुनु आवश्यक छ’ सुबेदीले भने । पछिल्लो समय जिल्लाबाट निजामति क्षेत्रमा प्रवेश गर्नेहरुको संख्या देखिएपनि अन्य जिल्लाको तुलनामा निकै कम भएको कार्यक्रममा सहभागि अन्य बक्ताले समेत बताएका थिए । जिल्लाबाट निजामाति क्षेत्र तथा निति निर्माणको माथिल्लो पदमा पुगेमा जिल्लामा आवश्यक पर्ने बजेट सहित विभिन्न कार्यक्रमहरुमा समेत प्राथमिकता पाउने गरेको संकेत देखिएकाले पनि निजामति क्षेत्रमा जिल्लाबाट पहुँच बढाउनुपर्नेमा जोड दिइएको थियो ।

सम्मान तथा स्वागत कार्यक्रममा जिल्ला न्यायधिश रामप्रसाद शर्मा, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुर्दशन कुमार श्रेष्ठले समेत मन्तब्य राखेका थिए। कार्यक्रमको अध्यक्षता एवम् स्वागत उत्तम कर्मचार्य, सञ्चालन महासचिव राजेश शाक्य र समापन प्रथम उपाध्यक्ष बेलबहादुर कटुवालले गरेका थिए ।