हिमाली जिल्ला मुस्ताङबाट पोखरा तर्फ जादै गरेको यात्रुबाहक बस दुर्घटना हुदाँ दुईजना यात्रु सामान्य घाईते भएका छन् । राती करिव ९ बजे बेनी नगरपालिकाको जलेश्वरमा अनियन्त्रित भएर दुर्घटना हुदाँ ८१ बर्षिया शिवकुमारी उपाध्याय र ५५ बर्षिय रामु कुमारी सापकोटाको नाकमा चोट लागेपछि तत्कालै उपचारका लागि जिल्ला अस्पताल लगिएको गलेश्वरका यूवा तेजेन्द्र बानियाँले बताए ।

निर्माणधिन अवस्थामा रहेको सडक अब्यवस्थित हुदाँ चिप्लिएर दुर्घटजना भएको थियो । दुर्घटनाको खवर सुनेपछि प्रहरी, स्थानीयले उद्धार गरेका थिए । ५५३६ नम्बरको बसमा २४ जना यात्रु थिए । चालकको सर्तकताले ठुलो मानवीय क्षतीबाट जोखिएको छ ।