बेनी–जोमसोम

म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानालाई जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना अन्र्तरगत भुरुङ तातोपानी र दानाको सिमानमा सडकस्तर उन्नतीको काम हुदै । १८६ किलोमिटर दूरीको यो सडक स्तरवृद्धिका लागि रु छ अर्ब लागतको आयोजना सुरु गरेको हो ।

७६ किमी दूरीको बेनी–जोमसोम सडकलाई कालोपत्रे र ११० किमी दूरीको जोमसोम–कोरला सडक स्तरवृद्धि गरिने छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको म्याग्दी मुस्ताङखण्डको काम गर्न सञ्चालित आयोजनाको सातवटै प्याकेजको काम गर्न छनोट भएका निर्माण कम्पनीले काम सुरु गरेका छन् । हाल कच्ची अवस्थामा रहेको बेनी–जोमसोम सडक विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर विसं २०६७ मा सडक विभागला ई जिम्मा लगाइएको थियो । सडकको एउटा खण्ड प्रतिष्ठित शर्मा एण्ड कम्पनीले समेत पाएको छ ।

Leave a Reply