सुस्त गतिमा अस्पतालको भवन..

बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माणकार्य सुस्त देखिएको छ । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङ मा १८ करोड १९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको रफिना–गल्वा–महादेव खिम्ती जेभीले भवन निर्माणका लागि प्रारम्भिक काम सुरु गरेपनि अपेक्षा गरे अनुसारको काम नगरेका भन्दै अस्पताल विकास समितिले ठेकदारको ध्यानर्कषण गराएको छ ।

पुरानो भवन धमाधम खाली गर्न लगाएपनि सुस्त गतीमा काम भएको भन्दै भवन निर्माण डिभिजनलाई समेत जानकारी गराइएको छ । यसैविच अस्पताल परिसरको खाली जग्गामा ६५ लाख रुपैयाँमा ठेक्का पाएको शेर्पा कन्ट्रक्सनले बनाइरहेको दुई वटा अस्थायी संरचनाको काम सन्तोषजन रहेको अस्पताल विकास समितिले जनाएको छ । तस्विर बेनीअनलाइन

Leave a Reply