तातोपानी कुण्ड

बेनी नगरपालिका‐४ मा रहेको प्राकृतीक तातोपानी कुण्डको सातौ साधारण सभा तथा प्रथम अधिवेशनको उद्घाटन गदैं जिल्ला समन्वय समितिका देबेन्द्र बहादुर केसी । कुण्डमा गत आर्थिक बर्षमा अघिल्लो वर्षको २३ लाख दुई हजार ५९४ सहित ८८ लाख ९३ हजार २६६ रुपैया आम्दानी र ६३ लाख ९३ हजार ६८ रुपैया खर्च भएको छ । ६ हजार जना बिरामीले स्नान गरेको कुण्डमा एक वर्षमा प्रवेश शूल्कबाट ३२ लाख, चन्दा मार्फत १८ लाख २९७, मन्दिरको भेटीबाट २ लाख २० हजार ५६६, आजिवन सदस्यताबाट तिन लाख ३१ ह्जार २६६ र पर्यटन कार्यालय पोखराबाट ९ लाख ४१ हजार ५८३ रुपैयाँ आम्दानी भएको थियो । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ । तस्विर बेनीअनलाइन

 

Leave a Reply