परोपकारी मन..

धौलागिरि गाउँपालिका ३ मुनाका धनबहादुर भण्डारी र उहाँकी श्रीमती शर्मिला भण्डारीले परोपकारी संस्था ओमकुमारी शान्तिकोषको अक्ष कोषमा सहयोग गर्दै आजीवन सदस्य बन्नुभएको छ ।

भण्डारीको दम्पतीले १३ हजार शान्तिकोषलाई सहयोग गर्दै आजीवन सदस्य बन्नुभएको हो । रोजगारको शिलशिलामा विदेशमा रहेका धनहादुर भण्डारीको श्रीमती शर्मिला भण्डारीले कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभएको हो।

आर्थिक अभावमा उपचारबाट बञ्चित भएका म्याग्देलीहरुको उपचारमा कोषले थालेको अभियानलाई सफल बनाउन सो रकमले सहयोग पु¥याउन सहयोेग गरिएको भण्डारीले बताईन । हालसम्म कोषमा पाचँसय भन्दा बढीले आजिवन सदस्यता लिएका छन् । ३० जना भन्दा बढी विरामीले ओमकुमारी शान्तिकोषको सहयोगबाट उपचार प्राप्त गरिसकेका छन् ।

 

Leave a Reply