जननेताको सम्झनामा…

१०४ औं विपी जन्मजयन्तीको अवसरमा शनिबार साँझ नेपाल विद्यार्थी संघले संगम चोकमा दीप प्रज्वलन गरेको छ । नेपाली कांग्रेसका जिल्ला सभापति खम्बीर गर्बुजा, महिला संघकी अध्यक्ष विमला गौचन, नेपाल विद्यार्थी संघका निर्वतमान अध्यक्ष भरत रकाल, कार्यवाहक अध्यक्ष निर्मल खत्री लगाएतको उपस्थितिमा भएको पहिलो जननिर्वाचन प्रधानमन्त्री कोईरालाको सम्झनामा कार्यक्रम गरिएको थियो ।

विसं १९७१ साल भदौ २४ गते जन्मिएका विश्वेश्वरप्रसाद कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बनेका थिए । विपी जन्मजयन्तीको अवसर पारेर म्याग्दी कांग्रेसले शनिवार नै छैठौं जिल्ला अधिवेशन पछिको पहिलो जिल्ला सम्मेलन र प्रशिक्षण कार्यक्रम समेत सम्पन्न गरेको छ ।

 

Leave a Reply