म्याग्दीका युवाहरुलाई अष्ट्रेलियामा उपाधी


नेपाली रिक्रियसन क्लबको आयोजनामा सिड्नीको 17 stanton rd seven hills मा सम्पन्न भएको खुल्ला ब्याटमिन्टन प्रतियोगिताको मिक्स डबल,सिंगल र मेन डबलमा म्याग्दीका हिमाल कुँवर र खेम पुर्जाको जोडीले उपाधी हात पारेका छन ।
एक दिने प्रतियोगितामा तिस टिमको सहभागिता रहेको खेलमा मिक्स डबलमा हिमाल कुँवर र अन्जना सिंहको जोडीले खिम पुर्जा र मिना शर्माको जोडीलाई पराजित गर्दै उपाधी हात पारेका हुन । त्यस्तै मेन सिंगलमा भारतिय खेलाडी संन्दिप भुरालाई पराजित गर्दै हिमाल कुँवरले उपाधी माथी कब्जा जमाएका थिए । सोही प्रतियोगितामा सम्पन्न भएको मेन डबलको उपाधी भने सन्दिप र निश्चलको जोडीले हिमाल र खेमको जोडीलाई पराजित गर्दै मेन डबलको उपाधी हात पारेका छन । तिन ईभेन्टको खेलमा तिन वटै इभेन्टको फाईनलमा म्याग्दीका युवा खेलाडी हिमाल कुँवर र खेम पुर्जा फाईनलमा पुगेका थिए ।
बिजेता र उपबिजेतालई अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाद्धारा पुरस्कार बितरण गरिएको थियो । बिजेता र उपबिजेताले कप मेडल प्रदान गरिएको थियो ।

Leave a Reply