विद्यालय बन्द गरी मेला सञ्चालन नगर्न पत्रचार

जिल्लाका सामुदायिक विद्यालयमा पर्वको नाममा मेला सञ्चालन नगर्न जिल्ला शिक्षा कार्यालयले पत्रचार गरेको छ । विद्यालयको पठनपाठन बन्द गरेर पर्वको नाममा हुने मेलाले विद्यार्थीको भविस्यमा गम्भीर खेलवाड भएको भन्दै चौतर्फी विरोध भएपछि जिल्ला सुरक्षा समितिको बैठकले विद्यालयभित्र हुने मेला बन्द गर्न जिल्ला शिक्षा कार्यालय मार्फत नगर तथा गाउँपालिकालाई लिखित पत्रचार गर्ने निर्णय गरेको थियो ।बेनीअनलाइनले समाचार प्रकाशित गरेपछि सुरक्षा समितिको बैठकले मेलापर्वलाई विद्यालयमा निषेध गर्ने प्रतिबद्धता जनाएको थियो ।

सुरक्षा समिति, स्थानीय सरोकारावाला निकायको अनुरोध अनुसार जिल्ला शिक्षा कार्यालयले नगरपालिका र गाउँपालिकालाई विद्यालयलाई शान्ति क्षेत्र घोषित गरिसकेको अवस्थामा मेलापर्वको नाममा मादकपर्दाथको विक्री वितरण, खेलकुद सहितका प्रतियोगिताका लागि लामो समयसम्म गरिने बन्द शिक्षा ऐन विपरित भएकाले विद्यालय हाताभित्र मेलापर्व सञ्चालन नगर्न अनुरोध गरिएको छ ।‘स्थानीय सरकारबाटै अनुमति लिनुपर्छ,यस्ता गतिविधिलाई बन्द गराउन शिक्षा मन्त्रालयले समेत चासो देखाएको छ’ जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले भने ।

उनले मंगला, मालिका गाउँपालिकामा आयोजित कार्यक्रममा समेत मेलापर्वलाई विद्यालय परिसर बाहिर सञ्चालनका लागि गाउँपालिका प्रमुखसंग अनुरोध गरेको बताउँदै सकारात्मक प्रतिक्रिया आएको बताए । अवैध, दर्ता भएपनि नविकरण नभएका क्लवहरुले सञ्चालन गरेका मेलामा अपराधिक घटना भए आयोजक जिम्मेबारी हुने भन्दै प्रहरीले समेत आफ्नो सक्रियता देखाएको छ ।

गाउँमा हुने मेलापर्वको महत्व भएपनि विद्यालयको प्रयोग गर्नु गलत भएकाले गाउँपालिकाबाट अनुमति दिदाँ मेला अवधि, स्थान र कानुनी प्रक्रियाका बारेमा ध्यान दिन यसअगाडी जिल्ला प्रशासनबाट अनुरोध गरिएको थियो । जिल्लाका अधिकांस विद्यालय मेलापर्वको नाममा ४ देखी १६ दिनसम्म बन्द हुने गरेका छन् ।

 

Leave a Reply