मेलैपातमा…

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा धान गोड्दै किसान । विगतमा धानको फेद कुहिने, पातमा धब्वा बस्ने लगाएतका विभिन्न रोगको प्रकोप देखिने गरेपनि यसबर्ष अनुकुल मौषमका कारण धानमा कुनैपनि रोग नदेखिएको कृषकको भनाई छ । जिल्लाभर कुल खेतीयोग्य जमिन ३० हजार ८ सय ५६ हेक्टरमध्ये १९ हजार ४ सय ९८ हेक्टरमा मात्रै खेती गरिएको छ । ३ हजार ८ सय ९५ हेक्टर जमिनमा धानखेती गरिन्छ । गौरिया, गुडुरो, मार्सी, दर्माली, कालो, जेठोबुढो, ताकमारे, लुम्ले–२, छोम्रोङ–३ र खुमल–४ जात धान लगाउने गरिएको छ ।

Leave a Reply