जुट्न थाल्यो दृष्टिविहिन धनमायाँलाई सहयोग

आर्थिक अवस्था कमजोर भएकै कारण उच्च शिक्षा अध्ययन गर्नबाट बन्चित दृष्टिविहिन धनमायाँ विकलाई सहयोग जुट्न थालेको छ । आर्थिक अभावका कारण स्नातक तहको पढाई रोकिएको समाचार बेनीअनलाइनमा प्रकाशित भएपछि बेनी नगरपालिका–५ पुलाचौर भिरमुनी (साविकको पुलाचौर–८) स्थायी घर भई हाल भैरहवा बुद्धचोक बस्ने प्रेम विश्वकर्मा ५ हजार सहयोग गरेका छन् ।

‘दृष्टिविहिनले पैसाको अभावकै कारण पढ्नबाट बन्चित भएको खवरले दुखी छु । सानो सहयोगले पनि उनको भविस्य फरिन सक्छ’ विकले बेनीअनलाइनलाई भने। उनले स्वदेश तथा विदेशमा रहेका म्याग्देलीलाई खाजा खर्च कटाएर भएपनि विकको पढाईमा सहयोग गर्न अनुरोध गरेका छन् ।

बाल्यकालमै जन्मदिन आमाको मृत्यु भएपछि अर्की आमाको यातना सहन नसकेर बावियाचौरमा आफन्तको खोजीमा पुगेकी विकले आफन्तले समेत दृष्टिविहिन भएकै कारण राम्रो ब्यवहार नगरेपछि एक महिलाले साहरा दिएकी थिईन् । रघुगंगा गाउँपालिका–३ पिप्लेमा अवस्थित ज्ञानोदय माविको दृष्टिविहिन श्रोतकक्षाबाट एसएलसी दिएकी विक पढाईमा समेत अब्बल छिन् ।

गतबर्ष बेनीअनलाइनले उनको समस्याका बारेमा समाचार प्रकाशित गरेपछि बेनीका समाजसेवी लीला बहादुर बानियाँले ६० हजार सहित विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएपछि खानाबस्न, स्टेशनरी, लत्ताकपडामा खरिद गर्न सजिलो भएको बताए ।

बे्रललिपीमा लिपिबद्ध भएका पुस्तकहरू, ब्रेल पेन सहित पाठ्यक्रमको सुविधा भए विकले उत्कृष्ट नतिजा ल्याउन सक्ने मंगला माविका प्रअ गम बहादुर खत्रीले बताए । धनमयाँको नाममा गरिमा विकास बैंक बावियाचौर शाखामा खाता सञ्चालन गरिएको छ। विद्यालयका प्रअ केसी र धनमायाँको हस्ताक्षरबाट सञ्चालन हुने खाताबाट धनमायाँलाई शिक्षा, लत्ताकपडा लगाएतको आवश्यकता अनुसार खर्च गर्ने गरिएको छ ।

Leave a Reply