बिरामीको मृत्यु पछि आफन्तद्धारा ओम नर्सिङ्ग होममा नाराबाजी

चाबहिल स्थीत ओम नर्सिङ्ग होममा बुटवल निवासी ४० वर्षीया कमला भट्टराईको नाकको अपरेशनका क्रममा मृत्यु भएपछि तनाव सिर्जना भएको छ ।गत शुक्रवार नाकको अपरेशन गरी नाकको बाङ्गगो हाड सोझ्याउन अस्पताल भर्ना भएकी कमला भट्टराईको अपरेशनका क्रममा मृत्यु भएपछि अस्पतालले बुधबार दिउँसो मृतक घोषणा गरेको थियो ।

उनका आफन्तले भने अस्पतालको लापरवाहीका कारण विरामीको मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा नाराजुलुस गरेका छन् ।उनीहरुले मृत्युको कारण अस्पतालले प्रष्ट खुलाउन पर्ने र दोषीलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।ओम अस्पतालले भने कमलाको मृत्यु अस्पतालको लापरवाहीका कारण नभई रगतको संक्रमणले भएको बताईरहेको छ ।

Leave a Reply