Wednesday, May 14, 2025
21 C
Beni
21 C
Beni
Wednesday, May 14, 2025
Home Blog Page 803

गरिमा बैंकको सर्वोदय माविमा वित्तीय साक्षरता कार्यक्रम

0

गरिमा विकास बैंक पोखरेबगर शाखाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । अन्नपूर्ण गाउँपालिका-२, भुरुङ तातोपानीमा अवस्थित सर्वोदय माविका विद्यार्थी र शिक्षकमार्फत अभिभावकमा वित्तीय शिक्षा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम गरिएको छ ।

वित्तिय साक्षरता कार्यक्रममा शाखा प्रबन्धक श्याम थापाले खाता खोल्ने तरिका, बचतका फाइदा, वित्तीय सेवासुविधा, डिजिटल सेवा लगायत विभिन्न विषयमा जानकारी गराउनुभएको थियो । उत्तरी क्षेत्रका विभिन्न बस्तीमा पुगेर सेवा दिइरहेको बैंकले विद्यार्थीलाई बचतको महत्वका बारेमा धेरै जानकारी गराएको प्रबन्धक थापाको भनाई छ ।

कार्यक्रममा कक्षा १० मा अध्ययनरत ३० विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा विब्यस अध्यक्ष बुद्धि पु्न, सहायक प्रअ टक बहादुर पुन लगायत शिक्षकहरुको उपस्थिती रहेको थियो । म्याग्दी जिल्लामा बेनीसहित दरबाङ, र बाबियाचौरमा शाखा रहेको बैंकले सामाजिक उत्तरदायित्व बहन गर्न विभिन्न सहयोग तथा वित्तिय साक्षरता कार्यक्रम गर्ने गरेको छ ।

बुकुखोला जलविद्युत आयोजनाका लागि म्याग्दीमा लगानी जुटाईदै

0

ओखलढुङ्गामा निर्माण हुने लागेको ६ मेगावाट क्षमताको बुकुखोला जलविद्युत आयोजनाको लागि म्याग्दीमा लगानी जुटाउन लागिएको छ । एपोलो हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनाका संचालक समेत रहनुभएको म्याग्दीका उद्यमी प्रमोद श्रेष्ठको नेतृत्वमा आयोजनाका लागि संस्थापक शियर रुपमा लगानी जुटाउन लागिएको हो ।

ओखलढुङ्गाको खिजीडेम्वा गाउँपालिकाको वडानम्वर ७ रहेको बुकुखोलामा ६ मेगावाटको बुकुखोला जलविद्युत आयोजना निर्माण हुन लागेको छ । ‘‘दुईबर्षभित्र विद्युत उत्पादन गर्ने लक्षसहित आगामी मंसिरदेखि विद्युतको पुर्वाधार निर्माण कार्य सुरु हुनेछ’’, श्रेष्ठले भन्नुभयो – ‘१ अर्व १० करोडको लगानीमा उक्त सम्पन्न हुने योजनामा ७० प्रतिशत सिभिल बैंकको र लगानीकर्ताको ३० प्रतिशत हुने छ ।

विद्युत उत्पादन अनुमति प्राप्त गरेको आयोजनाले ‘सडक पहुँच पु¥याउने र जग्गा ब्यवस्थापनको काम अघि बढेको छ । आगामी बर्षको मंसिर पुषदेखि काम सुरु गर्ने लक्षसहित आयोजनाको संरचना निर्माणको काम सुरु गर्न ठेकेदार छनोट प्रक्रिया अघि बढाउने तयारी गरेको समेत श्रेष्ठले जानकारी दिनुभयो । ‘दुइकिलोमिटर पाईपबाट पानी लिएर २७२ मिटर उचाईबाट पानी झारेर विद्युत उत्पादन गरिने छ ।

आयोनजनाबाट उत्पादन भएको विद्युत गरज्याङ सवस्टेशनमा जेडिनेछ ।’ यस संस्थाको अध्यक्ष ऐन्जटेन्जी शेर्पा हुनुहुन्छ । यस संस्थाका संचालक सदस्यहरुको नेतृत्वमा अन्य जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसक्नुभएको छ । यस आयोजनामा शेयर लगानी गर्ने इच्छुक ब्यक्तिहरुले यही असार मसान्तभित्र पहिलो किस्ता जम्मा गरिसक्नुपर्ने छ । उक्त लगानीको लागि संचालक सदस्य प्रमोद श्रेष्ठलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

म्याग्दीमा प्रथम प्रदेशस्तरीय किशोरी सम्मेलन, सम्मेलनबाट ११ बुँदे बेनी घोषणापत्र जारी

0

‘उद्यम गरौं, उद्यमशील संस्कारको विकास गरौं’ भन्ने मूल नारासहित संगम म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा किशोरी सम्मेलन सम्पन्न भएको छ । उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष कार्यक्रम धवलागिरि गाउँपालिकाको समन्वय र गल्र्स फस्ट फण्डको आर्थिक सहयोगमा प्रथम प्रदेशस्तरीय किशोरी सम्मेलन तथा सामाजिक परीक्षण गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशको बाल परिषदका पूर्व अध्यक्ष दिपा आचार्यले बालविवाह न्युनीकरण गर्नका लागि किशोरीहरुको विशेष भूमिका रहनेमा जोड दिनुभयो । उहाँले म्याग्दी जिल्लाको किशोरी सञ्जाललाई केन्द्रीय किशोरी सञ्जालमा आबद्ध हुनका लागि आग्रह गर्दै जिल्लाको दुर्गम तथा विकट क्षेत्रमा पुगेर बालविवाह विरुद्धको सचेतनामूलक अभियानलाई तीव्र रुपमा सञ्चालन गरी बालविवाहको अन्त्य गर्नुपर्ने सुझाव दिनुभयो । बालविवाह न्युनीकरण गर्न सरोकारवाला निकायले पनि सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

किशोरी सम्मेलनको अवसरमा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बालमैत्री स्थानीय शासन तथा सामाजिक कुरिती न्युनीकरणमा सामाजिक विकास कार्यालयले खेलेको भूमिकालगायत विषयहरुमा सहजीकरण गर्नुभएको थियो । यसैगरी संगम म्याग्दीका स्रोतव्यक्ति भरतप्रसाद केसीले सानै उमेरमा हुने बालविवाहले पार्ने असर तथा न्युनीकरणका उपायलगायत र सहजकर्ता मुक्तिप्रसाद ढुङ्गानाले सामाजिक परीक्षणको विषयमा आधारित रहेर सहजीकरण गर्नुभएको थियो ।

सोही अवसरमा ज्योती विकास बैंक म्याग्दी शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिएको थियो । म्याग्दीको बेनीमा सम्पन्न प्रथम प्रदेशस्तरीय किशोरी सम्मेलनले बालविवाह न्युनीकरण तथा किशोरीहरुको हकहित र अधिकारसँग सम्बन्धित रहेर विभिन्न बुँदाहरु समेटेर बनाइएको ११ बुँदे बेनी घोषणापत्र पनि जारी गरिएको आयोजक संस्था संगम म्याग्दीले जनाएको छ ।

बालविवाह न्युनीकरण गर्नका लागि संगम म्याग्दीले पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाको चारवटा वडाहरु लुलाङ, मुदी, मुना र ताकममा बालविवाह विरुद्धको अभियान सञ्चालन गरिरहेको छ । सोही अभियानलाई वडा, पालिका र जिल्ला हुँदै प्रदेशस्तरमा पनि यसको प्रभाव पु¥याउनका लागि सहकार्य र समन्वय होस् तथा साझेदार निकायसँग बालविवाह न्युनीकरण गर्नका लागि हातेमालो र सहकार्य होस् भन्ने उद्देश्यका साथ प्रदेशस्तरीय किशोरी सम्मेलनको आयोजना गरिएको संगम म्याग्दीका कार्यकारी निर्देशक दिपक पौडेलले जानकारी दिनुभयो ।

किशोरी सञ्जालका केन्द्रीय सदस्यद्वय अलिसा ठकुरी र सवनम मल्लले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम जिल्लास्तरीय किशारी सञ्जाल म्याग्दीका अध्यक्ष नरदेवी विकको अध्यक्षता, संगम म्याग्दीका सहसचिव सुनिता बेलबासेको सञ्चालन र सदस्य धनमाया श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो । सम्मेलनमा म्याग्दीसहित पर्वत, कास्की, स्याङ्जा, तनहुँ र लमजुङ जिल्लाको बाल सञ्जालबाट किशोरीहरुले सहभागिता जनाएका थिए ।

अशिक्षा, गरिबी र चेतनाको अभावमा हुने बालविवाहलाई रोक्न पश्चिम म्याग्दीको खासगरी दुर्गम तथा विकट क्षेत्रमा अभियान सञ्चालन गरिएको सङ्गम म्याग्दीले जानकारी दिएको छ । धवलागिरि गाउँपालिकाको समन्वय, गल्र्स फस्ट फन्डको आर्थिक सहयोग र सङ्गम म्याग्दीको आयोजनामा बालविवाह रोक्न समुदायस्तरमा सचेतनामूलक अभियान सञ्चालन भैरहेको छ ।

बागलुङका रेष्टुराँ र शो–रुममा निःशुल्क शौचालय

0

बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा समस्या बढेपछि यहाँका रेष्टुराँ र शो–रुमका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन थालिएको छ ।होन्डा नेपालको शो–रुमले सर्वसाधारणका लागि निःशुल्क शौचालय सेवा सुरु गरेको केही दिनमै सदरमुकामस्थित वल्ड हाउस क्याफे एन्ड लाउन्जले शुक्रबारदेखि निःशुल्क शौचालय उपलब्ध गराएको हो ।

क्याफेको अघि सडक छेउ निःशुल्क शौचालय सेवा लेखेर सङ्केत पाटी सेवा सुरु गरिएको क्याफे व्यवस्थापनले जनाएको छ। क्याफेका सञ्चालक सञ्जय खड्काले बजारमा हिँड्डुल गर्ने जो कोहीले पनि क्याफेमा रहेको शौचालय प्रयोग गर्न सक्ने बताए। ‘हुन त पहिले पनि बाहिरी मान्छे आउँदा शौचालयमा त्यस्तो रोकतोक थिएन, अहिले सबैलाई सहज होस् भनेर बोर्ड नै राखेर जानकारी दिएका हौँ,’ उनले ने, ‘हामीले सुरु गरिसकेपछि बजारका अरू पनि प्रेरित होलान् कि भन्ने लागेको छ ।’

सञ्चालक खड्काले बजारमा ओहोरदोहोर गर्ने सर्वसाधारणले सार्वजनिक शौचालय नहुँदा समस्या झेलिरहेकाले आफू निःशुल्क शौचालय सेवा दिने सोचमा पुगेको उल्लेख गरे। उनले सदरमुकाममा एउटा पनि सार्वजनिक शौचालय नहुनु दुःखद रहेको टिप्पणी गरे।

होन्डाको शो–रुम सञ्चालन गरिरहेको यादव ब्रदर्सले बागलुङ नगरपालिका–२ पुरानो बसर्पाकमा यसअघि नै सार्वजनिक शौचालय सेवा सुरु गरिसकेको थियो । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र शाहले होटल, रेष्टुराँलगायत व्यावसायिकस्थलका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने घोषणा गरेसँगै होन्डा नेपालले देशभरका शो–रुमहरुमा निःशुल्क शौचालय सेवा दिने घोषणा गरेको थियो ।

कम्पनीले ‘परिवर्तन सुरु हुन्छ हामीबाट’ भन्दै निःशुल्क शौचालय सेवा सुरु गरेको हो । यहाँको यादव ब्रदर्सले भने ‘जिम्मेवार नेपाली म’ भन्ने आदर्श वाक्यसहित आफ्नो शो–रुमको शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएको छ ।

बिस्तारै निजी क्षेत्रका अरू व्यावसायिक सङ्घसंस्थाले पनि सार्वजनिक शौचालयको अवधारणमा सघाउने विश्वास लिइएको छ। बढ्दो आवादी र तीव्र बजारीकरणका बीच यहाँ सार्वजनिक शौचालयको अभाव खड्किएको छ ।बागलुङ नगरपालिकाले सदरमुकामको समीक्षालयरोडमा केही वर्षअघि बनाएको सार्वजनिक शौचालय प्रयोगमा नआई जीर्ण बनेको छ । सार्वजनिक शौचालय नहुँदा सबैभन्दा बढी गाउँबाट झर्ने सर्वसाधारणलाई सास्ती छ ।

टोड्केको हाइअल्टीच्युड खेलमैदानले १ घरमा क्षती, २५ घर उच्च जोखिममा

0

म्याग्दीको पर्यटकीयस्थल टोड्केमा निर्माणधिन अवस्थामा रहेको हाइअल्टीच्युड खेलमैदानले गाउँ नै जोखिममा परेको छ । निर्माणधिन अवस्थामा रहेको खेलमैदानले मंगला गाउँपालिका–१, पूर्णगाउँमा एक घर पूर्णरुपमा क्षती पुगेको छ भने करिब दुई दर्जनभन्दा बढी घर उच्च जोखिममा छन् ।

जिल्लाको रघुगङ्गा र मङ्गला,गाउँपालिकाको सिमानामा अवस्थित रहेको टोड्केको खेलमैदानमा मंगलातर्फको संरचनामा ठेकेदारले चरम लापरवाही गरेपछि बस्ती नै जोखिममा परेको मंगला–१ का वडा अध्यक्ष एकजित रोकाले बताउनुभयो ।

‘खेलमैदानले बस्ती नै जोखिममा परेको छ,‘संरचना बनाउँदा चरम लापरवाही देखियो’ वडा अध्यक्ष रोकाले भन्नुभयो । खेलमैदान आसपासबाट खसेको बाढीले पूर्णगाउँको तिलघर र बराहथान बस्ती नै जोखिममा परेको स्थानीयबासीको भनाई छ । टोड्केमा हाई अल्टिच्युड खेलमैदान बनाउन मनिषा निर्माण सेवाले ठेक्का सम्झौता गरेको छ ।

पर्खाल सहित भलिबल, बास्केटबल लगायतका खेलकुद गतिविधिलाई सञ्चालन गर्न मिल्ने खेलमैदान बनाउँदा फालिएको माटोले बाढी चलेको छ । खेलमैदान निर्माण गर्न रु ५१ लाख २० हजार ८८० लागत अनुमान गरिएपनि कुल ५ करोडभन्दा बढी लागतमा थप संरचना समेत बनाइने जनाइएको छ ।

टोड्के प्राकृतिको अनुपम उपहार, स्वर्गद्धारीको शाखा आश्रम समेत रहेकाले देशका विभिन्न जिल्लाबाट समय समयमा आएर ऋषिमुनिहरु आएर तपस्या गर्ने गरेकाले पूर्वाधार विकास तथा प्रचारप्रसार गर्न बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन सिमाना जोडिएका तीनै स्थानीय तहले प्रतिबद्धता जनाएका थिए ।

हराएका नेपालीको शब भीरमा भेटियो

0

बेनी नगरपालिका–१,का टिकाबहादुर सार्की हराएको ६ दिनपछि मृत्त अवस्थामा भेटिएका छन्। गएको जेठ २२ गते घरबाट निस्किएका सार्कीको शब रत्नचौरको भुवानी भन्ने भीरमा अड्किएको अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

हराएको दिनदेखि रत्नचौर प्रहरी चौकीबाट खोजीकार्यमा जुटेको अवस्थामा सडेगलेको अवस्थाम शब भेटिएको प्रनाउ भारतीको भनाई छ । सार्कीको शब पोस्मार्टम गरी प्रहरीलाई जिम्मा लगाइने छ । मृतकले मदिरा सेवन गर्ने गरेकाले पैदलयात्राकै क्रममा खसेको हुनसक्ने अनुमान गरिएपनि मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

असहाय र विपन्न बालबालिका भोकभोकै स्कुलमा,-‘अवस्था देख्दा जो कोहीको आँखा आँसुले भरिन्छ’

0

धुब्रसागर शर्मा÷ हरिकृष्ण गौतम 

म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक÷शिक्षिकाहरु विद्यालयमा अध्ययनरत तीन जना असहाय र ११ जना अत्यन्त विपन्न परिवारका विद्यार्थीहरुको अवस्था देखेर चिन्तित हुनुहुन्छ ।

अरुले दिए मात्र खान पाउने नभए विद्यालयले दिने दिवा खाजाको भरमा दिन विताउन बाध्य कक्षा ३ मा अध्ययनरत बाबुआमा विहीन ११ वर्षिया अञ्जु परियार, साथीहरुको घरमा आश्रय लिएका कक्षा ६ मा अध्ययनरत पुजन फगामी र बुबा आमा दुवैले अर्को बिबाह गरेपछि एक्लो बनेकी कक्षा ४ मा अध्ययनरत सृष्टि विकको अवस्था अत्यन्त दयनीय रहेको विद्यालयले जनाएको छ ।

बगरफाँटको कोटखोलास्थित पर्ती जग्गामा सानो छाप्रो बनाएर बसेका अञ्जु परियारका बुबा कलिराम परियारको मृत्यु भएको र आमा विष्णु नेपालीले अर्कैसंग बिबाह गरी मञ्जुलाई छोडेर गएपछि मञ्जुको विचल्ली भएको हो ।

त्यसैगरी म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ वाइन्दाफाँटका पुजन फगामीको अवस्था पनि मञ्जुको जस्तै रहेको छ ।
पुजनका बुबा रिम फगामीको २०७८ साल कार्तिकमा मृत्यु भएपछि आमा कृष्ण फगामीले अर्कैसंग विहे गरेकी र पुजन अहिले साथीहरुको घरमा आश्रय लिइरहेका विद्यालयकी शिक्षिका घनदेवी घर्तीले जानकारी दिनुभयो ।

त्यस्तै कक्षा ४ मा अध्ययनरत सृष्टि विक बुबा र आमा दुवैले अर्को बिबाह गरेपछि आमा बुबा हुँदाहँुदै पनि असहाय बनेकी छन् । मंगला गाउँपालिकाको पूर्ण गाउँका बुबा सुनिल विक र आमा सविता बिकले अर्को बिबाह गरेर अलग अलग भएपछि छोरी सृष्टिको विचल्ली भएको हो ।

यी तीन जना विद्यालयको असहाय प्रतिनिधि विद्यार्थीहरु मात्र हुन् । विद्यालयमा अध्ययनरत करिब ७७ जना विद्यार्थीहरु मध्ये १४ जना विद्यार्थीहरुको अवस्था अञ्जु,पुजन र सृष्टिको भन्दा कम नभएको विद्यालयका प्रधानाध्यापक छेमप्रसाद गर्बुजा पुनले बताउनुभयो । “विद्यालय आँफैपनि समस्याग्रस्त छ,आन्तरिक स्रोत केही छैन ।

त्यसमाथि १४÷१५ जना असहाय र अति विपन्न परिवारका विद्यार्थीहरु छन् । उनीहरु कहिले भोकै विद्यालयमा आउँछन्,सर मिसहरुले खानेकुरा किनेर खुवाउँछौं,कहिले विद्यालयको दिवा खाजाको भरमा ती विद्यार्थीहरुले दिन गुजार्न वाध्य हुन्छन्” प्रअ पुनले भन्नुभयो “उनीहरुको रुन्चे अनुहार र टिठलाग्दो पोशाक देख्दा साह्रै दुःख लाग्छ ।”

“बुबाको मृत्यु भएका,आमाले अर्कैसंग बिबाह गरी गएका साथै आमा र बुबा दुबैको माया नपाएका विद्यार्थीहरुलाई देख्दा कटक्क मन खान्छ” शिक्षिका घनदेवी घर्तीले भन्नुभयो “कोही मनकारी व्यक्तिहरुले उनीहरुलाई आश्रय दिए वा पढाइलेखाईको खर्च व्यहोरी दिए उनीहरुको भविष्य बन्ने थियो र सहयोगीलाई पनि ठूलो पुण्य मिल्ने थियो ।”

विद्यालयमा अध्ययनरत यस्ता असहाय र अति विपन्न बालबालिकाहरुलाई अध्यापनरत शिक्षक शिक्षिकाहरुले बुबाआमाको जस्तै माया दिएर पढाइरहनुभएको स्थानीयले बताएका छन् । शिक्षक शिक्षिकाहरुको माया र खाजा खाना पाइने लोभमा यी विद्यार्थीहरु दैनिकरुपमा विद्यालयमा आउँछन् ।

अझै दुःखको कुरा त के छ भने कतै आश्रय नपाउँदा मञ्जुले विद्यालयको वरण्डामा नै सुतेर रात विताउने गरेको मञ्जु स्वयंले बताउनुभयो । दाइ मजदुरी गर्नुपर्ने कामले कहिले कहाँ कहिले कहाँ पुग्नुपर्ने र उनी एक्लै हुँदा भोकभोकै बस्नु पर्ने समस्या छ ।

“विद्यार्थीहरु भोकै हुँदाको दिन विद्यालयका शिक्षक शिक्षिकाहरुले आफूले खाजा नखाएर भएपनि खाजामा खर्च हुने रकम ती भोका विद्यार्थीहरुलाई खानेकुरा किनेर खुवाउने गर्नुहुन्छ” विद्यालयका एक अभिभावकले भन्नुभयो “दुःखी,गरिब र असहायहरुलाई देश विदेशमा रहेका मनकारी व्यक्तिहरुले सहयोग गरेर त्यस्ता व्यक्तिहरुको उद्धार भएको छ,यहाँका यी असहाय बालबालिकाहरुलाई पनि कसैले सहयोग गरिदिए कति धर्म हुँदोहो ।”

कक्षा ७ सम्म पढाइहुने सो विद्यालयमा अधिकांश विपन्न र दलित समुदायका विद्यार्थीहरु अध्ययनरत छन् । अधिकाँश अभिभावकहरु दैनिक ज्याला मजदुरीमा जाने र छोराछोरीको हेरचाह र आवश्यकतालाई ध्यान दिन नसक्ने अवस्थामा रहेकाले विद्यालयलाई शैक्षिक क्रियाकलापका अतिरिक्त ती विद्यार्थीहरुको सुरक्षा र संरक्षणको जिम्मेवारी पनि थपिदा शिक्षक शिक्षिकाहरु थप समस्यामा पर्नुभएको हो ।

“सधैंभरी शिक्षक शिक्षिकालाई मात्र समस्यामा पार्ने होइन,अब समुदायले पनि केही जिम्मेवारी लिनुपर्छ” बगरफाँट स्थायी घर भै हाल काठमाण्डौं बस्नुहुने वरिष्ठ कृषि वैज्ञानिक डा. टीकाबहादुर कार्कीले भन्नुभयो ।

अहिले तत्काल ती विद्यार्थीहरुको व्यवस्थापनका लागि सहयोगी मन भएका व्यक्तिहरुको खोजी गरेर सहयोग जुटाउने र त्यस्ता विद्यार्थीलाई राख्नका लागि समुदाय र सहयोगी व्यक्तिहरुको पहलमा विद्यालयमा नै छात्रवासको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।
यी असहाय विद्यार्थीहरुलाई सहयोग गर्न चाहनुहुने मनकारी व्यक्तिहरुले ९८४७६४९८६३ वा ९८६९०२००६१ मा सम्पर्क गर्नसक्नुहुने विद्यालयले जनाएको छ ।

बेनीमा दुईदिने सहकारीमा योजना तथा बजेट निर्माण तालिम

0

राष्ट्रिय सहकारी बैक लिमिटेड बागलुङ शाखा र कोअपरेटिभ म्यानेजर्स क्लव म्याग्दीको संयुक्त आयोजनामा सहकारी संघ संस्थाहरुका लागि २ दिने वार्षिक योजना तथा बजेट निर्माण तालिम समापन भएको छ । तालिमको उद्घाटन बेनी नगरपालिकाका प्रमुख सुरत केसी र उपप्रमुख ज्योती लामिछानेले संयुक्त रुपमा गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै नगर प्रमुख केसीले जनतालाई आर्थिक रुपमा सक्षम बनाउन क्षमता अद्धिवृद्धि गर्न र रकमको अभावमा व्यवसाय गर्न नपाएकाहरुलाई व्यवसायिक बनाउन सहकारी बैंक लगायत सहकारीहरुसंग समन्वय गरेर काम गर्ने बताउनु भएको छ ।

कार्यक्रममा नगर उपप्रमुख लामिछानेले सहकारी अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि राष्ट्रिय सहकारी बैंकको भूमिका निरन्तर रुपमा प्रभावकारी रहदै आएको बताउनुभयो । जिल्ला सहकारी संघ म्याग्दीका सचिव समेत रहेकी उपप्रमुख लामिछानेले नगरपालिका र सहकारी बैंक तथा जिल्ला सहकारी संघ र विषयगत सहकारी संघहरुबीच सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनभयो ।

कार्यक्रममा नवनिर्वाचित बेनी नगरपालिकाका प्रमुख सुरत केसी र उपप्रमुख ज्योती लामिछानेलाई राष्ट्रिय सहकारी बैंकका गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीलेसम्मान गर्नु भएको थियो ।

समापन कार्यक्रमको अध्यक्षता बैकको बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठी, को–अपरेटिभ म्यानेजर्स क्लवका सचिव नेत्रराज सुबेदी, तालिमका प्रशिक्षक बल्लभ तिमिल्सिना, नेपाल पत्रका महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण शर्मा गौतम, सहभागीका तर्फबाट नव सृजनशिल सहकारी संस्थाका संस्था सहायक मेख बहादुर कार्की र लोकदिप बचत तथा ऋण सहकारी संस्थाका प्रमिला जोशि श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका कर्मचारी दिनेश कार्कीले गर्नु भएको थियो । तालिममा बागलुङका विभिन्न सहकारी संघ संस्थाका ३० जनाको सहभागिता रहेको थियो ।

गाउँपालिका टोलटोलमै पुगेर स्वास्थ्य परीक्षण

0

बागलुङ । यहाँको निसीखोला गाउँपालिकाले पालिकाअन्तर्गतका ज्येष्ठ नागरिक, अपाङ्गता तथा गर्भवती महिलाको प्रत्येक महिना टोल–टोलमै पुगेर स्वस्थ्य परीक्षण गर्ने भएको छ ।गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले नयाँ आर्थिक वर्षदेखि स्वास्थ्य परीक्षण गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा गर्भवती महिला स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण र उपचार गराउन नसक्ने हुँदा गाउँपालिकाले टोलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने योजना बनाएको अध्यक्ष घर्तीमगरको भनाइ छ । अध्यक्ष घर्तीमगरले भन्नुभयो, “उहाँहरुलाई स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गराउन समस्या हुने हुँदा गाउँपालिकाले नै उहाँहरुको स्वास्थ्य परीक्षण गर्ने भएको छ, हरेक महिना टोल–टोलमा पुगेर त्यस्ता नागरिकको स्वास्थ्य परीक्षण गर्ने छ भने आवश्यक औषधिको समेत व्यवस्थापन गर्ने योजना बनाएका छौँ ।”

गाउँपालिकाले स्वास्थ्य परीक्षणका लागि टोल–टोलमै स्वास्थ्यकर्मी खटाउने अध्यक्ष घर्तीमगरको भनाइ छ । उहाँले गाउँपालिकामा रहेका अपाङ्गता र ज्येष्ठ नागरिकको तथ्याङ्कसमेत सङ्कलन गरी स्वास्थ्य परीक्षणलाई प्रभावकारी गराउने बताउनुभयो । अध्यक्ष घर्तीमगरले गाउँपालिकाले सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्नेसमेत निर्णय गरेको बताउनुभयो । गाउँ कार्यपालिका बैठकले पालिकाको आफ्नै एम्बुलेन्स सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । गाउँपालिकामा कुनै पनि बिरामी परे उनीहरुलाई तुरुन्तै अस्पतालसम्म पु¥याउनका लागि अहिले निसीखोलामा एउटा पनि एम्बुलेन्स छैन । अब गाउँपालिकाले नयाँ आर्थिक वर्षमा एम्बुलेन्स खरिद गर्ने अध्यक्ष घर्तीमगरको भनाइ छ ।

हङकङका लागि पर्यटन दूतमा प्रकाश पुन नियुक्त

0

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका लागि नेपाली पर्यटन दूतमा म्याग्दीका प्रकाश पुनलाई नियुक्त गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको मन्त्रीस्तरीय बैठकबाट लामो समयदेखि हङकङमा ब्यापार तथा मानवीय सेवामा सक्रिय पुनलाई नेपाल सरकाले पर्यटन प्रतिनिधि बनाएको हो ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) को संस्थापक अध्यक्ष, म्याग्दी विकास मञ्चका अध्यक्ष, हङकङ नेपाल ब्यापार संघको अध्यक्ष लगायत विभिन्न संघसंस्थामा आवद्ध पुन दुईदशकदेखि नेपालको कला र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने कार्यमा निरन्तर लाग्दै आउनुभएको छ ।

हङकङ नेपाल ब्यापार संघमार्फत नेपालको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने कार्यमा महत्वपुर्ण योगदान पुर्याउनु भएको अवस्थामा पर्यटन दूतको रुपमा रही आफ्नो देशको पर्यटन प्रवर्द्धनको लागि केही गर्न सकिने पुनको भनाई छ । ‘यो जिम्मेबारीले नेपाल सरकारको जिम्मेबारीबाट उत्साहित छु,‘नेपाली पर्यटनको विकासका लागि सरकारसँग हातेमालो गर्न सहज हुन्छ’ पर्यटन दुत पुनले भन्नुभयो । उहाँले आफ्नो गृहजिल्लाको पर्यटन विकासमा समेत सक्रिय हुने बताउनुभयो ।

यसअगाडी पोखरा नगरपालिकासँग चीनको सीचुवान प्रान्तको इवीन सिटीसँग २०१७ मा भगीनी सम्बन्ध स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्नुभएका पुनले गृहजिल्ला म्याग्दीको बेनी नगरपालिकासँग समेत भगीनी सम्बन्ध स्थापना गर्नका लागि प्रयास गरेको बताउनुभयो । बेनी नगरपालिका–७, बिरेन्द्रचोक निवासी पुनले सन् २००२ मा गैर आवासीय नेपालीमध्येबाट प्रदान गरिएको विरेन्द्र एैश्वर्य सेवा पदक र २००४ मा सुप्रवल गोरखा दक्षिण बाहु तेस्रो बाट विभूषित हुनुभएको थियो ।