धौलागिरी आधार शिविरतर्फ लागेको हेलिकप्टर सम्पर्कविहिन

म्याग्दीको धौलागिरि हिमालको आधार शिविरतर्फ गएको हेलिकप्टर सम्पर्कविहीन भएको हो । आइतबार बिहान आधार क्षेत्रतर्फ जाँदै गरेको हेलिकप्टर ११ बजे ११ मिनेट आसपासमा सम्पर्कविहिन भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो ।
‘हेलिकप्टर सम्पर्कविहिन भएको खवर आएको छ,‘खोजीकार्यमा टोली खटिएको छ‘ प्रजिअ पौडेलले नागरिक न्यूजलाई भन्नुभयो। सम्पर्कविहिन भएको जानकारी पाएपछि सम्पर्कबिहीन बनेको हेलिकप्टरको खोजीमा एयर डायनेष्टीको हेलिकप्टर खोजीका लागि पठाइएको छ । हेलिकप्टरमा सवार यात्रु सहितका विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिका–४,मा पर्ने विश्वको सातौँ (आठ हजार एक सय ६७) मिटर अग्लो धौलागिरि हिमाल आसपासमका क्षेत्रमा हेलिकप्टरबाटै खोजी भइरहेको छ । तत्काल पैदलमार्गबाट जान सम्भव नभएकाले सम्बन्धित टेकिङ एजेन्सीले नै खोजी गरिहेको छ ।