जिल्लाको विकट लुलाङ लमसुङकी सञ्जुमायाँ विक मंगलबार अप्रेसनका लागि काठमाण्डौ प्रस्थान गरेकी छन् । करिव चार महिना अगाडी मुटुमा समस्या देखिएपछि आर्थिक अभावका कारण उपचारबाट बन्चित भएकी विकको परिवारले बेनीअनलाइनलाई जानकारी गराएपछि सुरु भएको अभियानमा परोपकारी संस्था ओमकुमारी शान्ति कोषले उपचारमा सहयोग गरेको छ ।

उपचारमा यातायात खर्च सहित आवश्यक सहयोग उपलब्ध गराइरहेको कोषका अध्यक्ष राजेश शाक्यले थप १० हजार सहयोग गरेका छन् । शरीरका दुख्न थालेपछि जिल्ला अस्पताल म्याग्दीमा भर्ना भएकी विकको मुटुमा समस्या देखिएपछि काठमाडौंस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएकी थिईन् । यातायात, अस्पतालमा लाग्ने सामान्य खर्चको समेत अभाव भएपछि घर फर्किएकी विकको उपचारमा कुनैपनि अभाव महसुस हुन नदिने कोषका अध्यक्ष शाक्यले बेनीअनलाइनलाई बताए ।

‘आर्थिक अभावका कारण कसैको ज्यान जानुहुदैन् । पैसा नभएका म्याग्देलीको ज्यान जाने अवस्था रोक्ने सफल भएका छौ’ उनले भने । विक सहित जिल्लामा २६ जनाको उपचारमा आर्थिक जुटाएर नयाँ जिवन दिन सफल भएको उनले बताए । पिडित सञ्जुमायाँकी आमाले समेत कोषले सहयोग गरेर आफ्नो छोरीको अप्रेसन सहितको सहयोगमा सहज भएको बताए । लमसुङ माविमा कक्षा ६ मा अध्ययरत विक ३ छोरा र २ छोरी मध्ये विक जेठी छोरी हुन् ।

More Story: लुलाङकी मुटुरोगी सञ्जुमायाँको उपचारमा याचना