म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अभियानमा बहराईनमा रहेका पाखापानीका हिरा पाईजाले १ लाख १ हजा आर्थिक सहयोग गरेका छन् । म्याग्दी उद्धार समितिका संस्थापक सदस्य एवम् बहराईनमा लामो समयदेखी कार्यरत पाईजाले आर्थिक अवस्था कमजोर भएकाहरुको उपचारमा आर्थिक सहयोग जुटाउने अभियानलाई प्रभावकारी बनाउन आफ्नो गास काटेर सहयोग गरेको बताए ।

‘मैले पैसाले पुगेर नभई समाजमा यस्ता अभियानलाई स्थापित गर्न सहयोग गरेको छु’ पाईजाको भनाई उद्धित गर्दै म्याग्दी उद्धार समिति बहराईनका बरिष्ठ उपाध्यक्ष लोक राम्जालीले बेनीअनलाइनलाई भने । उनले आर्थिक अवस्था कमजोर भएकाको उपचार अभियान प्रभावकारी बनाउन बहराईनमा रहेका म्याग्देली सहित नेपालीले सुरु गरेको सहयोगले गरिव तथा विपन्न परिवारलाई राहत मिलेको समेत बताए । सन् १९९२ मा बहराईनमा पुगेका पाईजाले विभिन्न अभियानमा समेत सहयोग गरेका छन्।

नयाँ बर्ष २०७४ को अवसरमा आयोजित कार्यक्रममा सहभागि हुन पुगेका शान्ति कोषका अध्यक्ष राजेश शाक्य, संस्थापक अध्यक्ष चन्द्र कुमार केसी र सचिव लोकेश पुन मगरलाई भब्य स्वागत गदैं संस्थाको आजिवन सदस्यता सहित आर्थिक सहयोग सुरु गरेको थियो । आर्थिक संकलन अभियान जारी छ । कोषलाई म्याग्दी उद्धार समिति बहराईनले १ लाख, अध्यक्ष तेजेन्द्र थापाले १ लाख,कोषाध्यक्ष विकास पाईजा ७० हजार,दग्नाम बैदेशिक सहयोग समिति ६० हजार, समितिका सल्लाहकार भरत परियार ५६ हजार ५५५, संरक्षक गोरख राम्जाली ५५ हजार ५५५, सल्लाहकार लेखत छन्त्याल ५१ हजार, भिम थापा, मनकुमारी थापा ४० हजार १०१, याम राना ३५ हजार ५५५, प्रमुख सल्लाहकार लालप्रसाद पुन ३५ हजार, उपाध्यक्ष लोक राम्जाली ३५ हजार गरी १५ लाखभन्दा धेरै संकलन भएको समितिका अध्यक्ष तेजेन्द्र थापाले बताए ।

बेनी नगरपालिका–१४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको जिवन रक्षामा खेलको भूमिकाबाट बहराईनमा रहेका म्याग्देलीले विगतमा समेत धेरै सहयोग गरेका छन् । कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका जटिल रोगको उपचारमा भइरहेको छ । जिल्लाको एकमात्रै परोपकारी संस्थाको रुपमा समेत आफ्नो पहिचान बनाउन सफल भएको छ ।