म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अभियानमा एक परिवारका सबैले आजिवन सदस्यता लिएका छन् । आर्थिक अवस्था कमजोर भएकाहरुको उपचारमा आर्थिक सहयोग जुटाइरहेको कोषलाई थप उचाईमा पु¥याउन मंगला गाउँपालिका २ सिमलचौर घर भई हाल बहराईनमा रहेका बालकृष्ण घर्ती क्षेत्रीले आफ्नो परिवारको सबै सदस्यको सदस्यता लिएको कोषले जनाएको छ ।

‘जसको घरमा आर्थिक छैन् उसलाई उपचार गर्ने जिम्मा कोषले लिएको छ । महान अभियानमा परिवारलाई नै सहभागि बनाएको छु’ बालकृष्णले बेनीअनलाइनलाई भने । उनले १ करोड ५० लाखको अक्षय कोषको अभियान सञ्चालन गरिरहेको कोषमा पिता याम बहादुर घर्ती क्षेत्री, आमा विष्णु घर्ती र श्रीमति सावित्रीलाई आजिवन सदस्य बनाउँदा उत्साहित भएको बताए । आजिवन सदस्यताबाट उनले २२ हजार ८ सय ४८ रुपैयाँ समेत कोषलाई हस्तान्तरण गरेका छन् । यसैविच कोषका अध्यक्ष राजेश शाक्यले अभियानमा जोडिन अपिल गरेका छन् ।

बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको जिवन रक्षामा खेलको भूमिकाबाट बहराईनमा रहेका म्याग्देलीले विगतमा समेत धेरै सहयोग गरेका छन् । कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका जटिल रोगबाट ग्रसित ३५ जना विरामीको उपचार भइसकेको छ भने धेरैलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । जिल्लाको एकमात्रै परोपकारी संस्थाको रुपमा समेत आफ्नो पहिचान बनाउन सफल भएको छ ।