बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरुमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको काम रोग लगाउने कीटाणुहरुको पहिचान गरी त्यसविरुद्ध काम गर्ने ‘एन्टीबडी’ उत्पादन गरी कीटाणु नियन्त्रण गर्नु हो । यसरी एन्टीबडी निकाल्नका लागि टन्सिलभित्र बी सेल भनिने विशेष कोषहरुको संख्यामा अत्यधिक वृद्धि हुन्छ । जसका कारण टन्सिल ठूलो हुन जान्छ । टन्सिल ठूलो भयो भन्दैमा त्यसलाई रोगको रुपमा भने बुझ्नु हुँदैन । तर, चिकित्सककहाँ परीक्षण गराउनु भने आवश्यक हुन्छ । टन्सिल बढेर केहिलेकाहीँ बच्चाहरुमा बाथ मुटुरोगसमेत लाग्न सक्छ ।
उपचार :
१. टन्सिलाइटिसको प्रथम उपचार भनेको कीटाणुविरुद्ध एन्टिवायोटिक प्रयोग गर्ने हो । भाइरसले संक्रमण गरेको रहेछ भने त झन् त्यो पनि आवश्यक पर्दैन । चिकित्सकको सल्लाहबमोजीम सामान्य उपचारबाट नै टन्सिलाइटिस निको हुन्छ ।
२. टन्सिल ठूलो भयो भन्दैमा त्यसलाई रागको रुपमा बुझ्नु हुँदैन । टन्सिलाइटिस भएकै कारणले अप्रेसन गर्नुपर्ने भन्ने हुँदैन ।
३. मुखमा देखिने टन्सिलजस्तै नदेखिने अन्य टन्सिलहरु पनि नाक र मुखको वरपर रहेका हुन्छन् । तीमध्ये फ्याड्सिको माथिपट्टि रहेको एडिनोइड टन्सिल वा हामीले अहिलेसम्म छलफल गरेको देखिने टन्सिलको आकार अत्यधिक अवरोध गर्न सक्छ ।
४. छन्सिलको कारणले गर्दा अत्यधिक धुर्ने, झस्किरहने, निद्रा नपुग्ने हुँदा दिउँसो पनि निदाउने, पढाइमा कमजोर बन्नेजस्ता समस्या आउन सक्छ । यस्तो अवस्थामा भने अप्रेसन गरेर बढेको टन्सिल फाल्नुपर्ने हुन्छ ।