बाख्राको लागि घाँसको रुपमा प्रयोग गरिने बकाईनोबाट मानिसले स्वास्थ्य सम्बन्धि फाइदा लिन सकिन्छ। घाउ, खटिरा, चिलाउने ठाउँमा बकाईनोको फूल पिनेर लगाउनाले ठीक हुन्छ ।१० पात निम, १० पात बकाईनो पिनेर लेदो बनाएर लगाएमा शरीरमा भएको दूबी केही समयमा नै ठीक हुन्छ ।

बकाइनोको बोक्रा पकाएर बिहान र बेलुका एक एक चम्चा खाने गरेमा पेटमा जुका परेको छ भने पनि २र४ दिनमै ठीक हुन्छ ।बकाईनोको पातको रस एक चम्चा बिहान र बेलुका खाने गरेमा महिलाको रगत बढी हुने रोग ठीक गर्न मद्दत गर्दछ ।बकाईनोको दानालाई र रायोको दानमा मिसाएर पिस्ने, यसरी तयारी भएको लेपलाई वाथ रोगीले प्रयोग गर्न सक्छन् । यसबाट बिस्तारै वाथ ठिक हुँदै जान्छ ।

पाकेको बकाईनोको दानाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।बकाईनोको पात पिनेर लेप बनाएर बाँध्नाले छिट्टै घाउ निको हुन्छ ।