बेनीका होटल व्यवसायी राजन लामाले आफ्नो व्यवसाय तेस्रो वर्ष प्रवेशको अवसर पारेर परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गर्नुभएको छ ।

बेनी नगरपालिका ८ कोटभण्डार चोकमा रहेको लामा रेष्टुरेण्ट एण्ड भान्छा घरले जटिल रोगबाट थलिएर आर्थिक अभावमा उपचारबाट बञ्चित म्याग्देलीलाई सहयोग गर्न डेढ करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यले शान्ति कोषले सञ्चालन गरेको अभियानमा १० हजार पाँच रुपियाँ सहयोग गर्नुभएको हो ।

भान्छा घरका प्रोपाइटर लामाले ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । गरिव तथा विपन्नहरुको उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले आफूले कोषलाई सहयोग गरेको लामाले बताउनुभयो ।