बेनीबजार एक टुक्रो भू–स्वर्ग हो

0
234

म्याग्दी जिल्ला स्थित बेनीबजार प्रकृतिको एक अनुपम उपहार हो । प्रेमिल चौतारी वा उत्तर आधुनिक भाषामा“लभ्लीहिल”बाट हेर्दा बेनी बजार जति मनमोहक देखिन्छ; त्यति नै पर्वत जिल्लाको मल्लाज चौतारीबाट पनि । बेनीबजारको सुन्दरतामा कस्तै बरफी हृदयहरू पनि पग्लिन वाध्य हुन्छन् ।

चाहे रोमियोको आँखाले हेरियोस् वा जुलियट—बेनीबजार एक टुक्रो भू–स्वर्ग हो जस्तो लाग्छ । तथापि, यस भू–स्वर्गको सुन्दरतालाई नयाँ पुस्तामाझ पुस्तान्तरण गर्न यस्तो भू–स्वर्गमा वसोवास गर्न सौभ्याग्य प्राप्त गरेका म्याग्देली नागरिकहरूको लागि अत्यन्तै भयानक चुनौती पनि देखेको छु मैले । भयसँग जभ्mदै अमूल्य प्राकृतिक उपहारलाई जस्ताको तस्तै नयाँ पुस्ता माझ पुस्तान्तरण गरी कसरी अविरल यात्रामा अघि बढ्न सएिकला भन्ने घोत्ल्याइँनै यस लेखको मूलमर्म हो ।

पूर्वी नेपालमा मैले बाल्यकालमै“बेनीको बजार जता माया उतै छ नजर…”बोलको लोकगीत सुन्दा मनमा कौतुहलता जाग्थ्यो—“बेनीको बजार र मायाको नजर भन्ने जिनिस कस्ता हुँदाहुन ?”। संयोग वश भनुँ वा वियोग वश त्यही बाल्यकालको तर्कना अहिले विपना भएर म सामु उभिएको छ । हो, यसैबखत म त्यही प्रेमिल चौतारीबाट मेरा स्नातक तह चौथो वर्ष व्यस्थापनका केही परिकथाका परिहरू जस्ता र टार्जन कथाका टार्जन जस्ता शिक्षार्थीहरूसँग बेनीबजारतिर बरालिएको छु । बेनीमाथिको आकाशमा मुस्कुराउने चन्द्र बनेर जोमसोम, मुस्ताङतर्पm वादलुको घेरा भित्रकल्पनाको पखेटा पिंmजाई रहेको छु ।

तथापि, बेनी माथिको कल्पनाको गगनर बेनीको धर्ती माथिको वास्तविकतामा जमिन र आस्मान समान फरक छ । बेनीमाथिको कल्पनिकनभ प्रेमिल चौतारीको तखता गन्दै ओर्लंदा काली–म्याग्दी नदीहरूको तीरैतीर अप्रिय दृश्यहरूले चक्षुलाई खिस्ट्याउन आइपुग्छन् । चिमोठ्न आइपुग्छन् । ऐठनलगाउन आइपुग्छन् । कति अप्रियदृश्यहरू ! ढल म्याग्दी–कालीमै ।

लासको चिता र धुवाँउनै म्याग्दी–कालीको छाती किनारा । नालीको फोहोर उनै म्याग्दी–काली । दुर्गन्ध, प्लाष्टिक, सेप्mटी ट्याङकको फोहोर म्याग्दी–कालीमै । डम्पिङसाइट कालीगण्डकीकै किनार म्याग्दीकै किनार । सारा फोहोरको फड्के किनारा कालीकिनारा म्याग्दी किनारा । प्रकृतिप्रतिको म्याग्देली संवेदनामा दागैदाग । प्रदुषणसँगै यस्तो अनुमान लगाउन सकिन्छ—केहीदशकमै म्याग्दी–कालीले वागमती–विष्णुमतीको नियति भोग्नु पर्नेछ ।

त्यसैले आवाज निश्चलकालीको पक्षमा । त्यसैले आवाज निर्मल म्याग्दीको पक्षमा । भनुँ बुलन्द आवाज स्वच्छ–हराभरा प्रकृतिको पक्षमा । धर्ती माताको छाती माथि प्रकृति । प्रकृतिसँगै जीवन । पर्यावरण र प्रकृति विनाश जीवन विनाश । संसारभरिकै आदिवासी सोचमा धर्तीमाताको नसानदी । पानी रगत । नसा फोहोर रगत फोहोर । रगत फोहोर जीवन क्यान्सर । धर्ती÷प्रकृति माता हाम्री माताकी पनि माता । माता नै नभए हामीकता? यसै प्रसंगमा न्युजील्याण्डका माओरी आदिवासीले संसदबाटै उनीहरूको जीवन ह्वाङगानुइनदी लाई मानवसरहको अधिकार दिलाउन सफलताप्राप्त गरेको धेरै समय भएको छैन ।

त्यसैको सिको गर्र्दै उत्तराखण्ड, भारतको उच्चन्यायलयले पनि यमुना र गंगा नदी सभ्यताको बचाउमा न्युजील्याण्ड सरकारकै जस्तो अधिकार घोषणा ग¥यो । फेरि दिल्ली उच्चन्यायलयले सो अधिकार खोस्यो । यहाँनेर नदीलाई मानव सरह अधिकार दिने वा खोस्ने भन्दा पनि व्यवहारमा हाम्रा संवेदना कति मानवीय वा दानवीय छन् ? भन्ने नै मुख्य हो । हामीआपैंmले उत्पादन गरेको फोहोरमैला व्यवस्थापनमा हामी कतिको व्यवहारिक र निपूर्ण छौं भन्ने पनि हो । वर्तमान सम्म आइपुग्दा कतिपय नेपालीको एक असफल कलंकित राष्ट्रिय चरित्र नै जथाभावी फोहोरको डङ्गुर थुपार्नु भएको छ । त्यसैले प्रायःहाम्रा ६ हजारै नदीनाला प्रदुषित भईसकेका छन् । हाम्रा धार्मिक महत्त्वका नदीनाला, तालतलैया, कुवा आदि पनि अछुतोरहन सकेका छैनन् ।

अचेल राजधानी शहरमा वागमती र विष्णुमती सफाइमा भए÷गरेका प्रयासले हामीलाई पाठ सिकाउन नसक्नु पनि हाम्रो फोहोरमैला व्यवस्थापन कार्य असफलताको द्योतक हो । एक–दुई जनाले सफाइको प्रयास गर्ने तर लाखौंजनताले फोहोर थुपार्ने भएपछि जापानिज सरकारै नेपालमा भए पनि असफल हुन्थ्यो । यसमा म्याग्दी–काली अपवाद रहेनन् । म्याग्दी–कालीको किनारा मात्रै नभएर अविवेकी भीडले प्रेमिल चौतारीको पाखापखेरो समेत फोहोर युक्त बनाएको दृष्यदेख्नु कुनै नौलो रहेन । त्यसलाई हामीले सफाइप्रयास गरेका छौं ।

साम्राज्य पुँजीवादीको कोकाकोलाको बोतलदेखि पत्रुखाना कुरकुरे, चाउचाउर आल ुचिप्ससम्मको खोलको डम्पिङ साइट हाम्रा गाउँघर र सहर भएका छन् । आन्तरिक एवं वाह्य पर्यटन र तीर्थाटनमा निस्कनेहरू समेत अचाक्ली फोहोर मैलाका अस्तव्यस्त श्रोत हुन् । अन्धपुँजीवादीहरूमा रत्तिभर पर्यावरणीय चेतनानहुनु पनि नेपालको राष्ट्रिय चुनौती नै भएको छ ।

अहिले नेपालका हरेक सरकार, संघ–संस्था, नागरिक समाज आदिले अन्धै रुपमा भए पनि आयोजना गर्ने भनेको भ्रमण वर्षको तयारी नै हो । जताजाउ फलना ढिस्काना भ्रमण वर्ष भन्दै गरिने फजुलखर्च, होर्डिङ बोर्ड, छयाप्छयाप्ती प्mलेक्स प्रिन्ट आदि–इत्यादी । तर आप्mनो घर र घरवरिपरिको वातारण स्वच्छ, हराभरा, सफा र चिटिक्क राख्ने कामप्रायःशून्य ।

मैले गरेको फोहोर विदेशीआएर सफा गरिदिनु पर्दछ भन्ने जस्तो परनिर्भरताको सोचहावी छ । बेनीबजारवासी पनि त्यसको अपवाद रहेनन् चरित्र राष्ट्रिय भएकोले । प्रेमिल चौतारीमा म पर्यटकले फालेको फोहोर वृहस्पति ग्रहबाट आएको जीवले सफागर्नु पर्छ भन्ने सोचबाट मुक्तहुन सकेका छैनन् ती पर्यटक मान्छे ।

गत साउन महिनामा म्याग्दी उद्योग वाणिज्य संघको अगुवाइमा २०७५ लाई बेनी भ्रमण वर्ष मनाउने घोषणा गरिएको छ । हाम्रा राष्ट्रिय, क्षेत्रीय तथा स्थानीय संघ–संस्थाहरूले गर्न सक्ने लोकप्रिय कार्यक्रम भनेका यस्तै हुन् । बेनी भ्रमण वर्षको तयारी सूचीमा ऐतिहासिक स्थलदेखि प्राकृतिक स्थलहरूको विवरणले टन्नै भरिएको भए पनि प्राकृतिक सौन्दर्य, नदीनाला, भीर, पाखापखेरा स्वच्छ, हराभरा, सफासुग्घर र चिटिक्क राख्नु पर्ने कार्यसूचीभने शून्य । यस्तो दीर्घ रोग म्याग्दी उद्योग वाणिज्य संघको मात्रै होइन । यही दीर्घ रोग राष्ट्रव्यापी चरित्रै हो ।

उल्टै पर्यटनलाई “सुनको फुलपार्ने कुखुरी” को रुपमा मात्रै हेरिनु÷बुझिनु वैचारिक अन्धपुँजीवादी सोच हो ।अन्धकुरावादी नेपालका योजनाकार, नीतिनिर्माता आदियहीँ आएर नराम्ररी चुकेका छन् । पछारिएका छन् । जता पनि कुरैकुरा । गपैmगफ । त्यति भएपछि सिन्को भाँच्नु प¥याहोइन । रोजीरोटी मिलेकै छ । गरोस् पनिकल्ले र?“तैं रानी मैं रानी, को भर्ने कुवाको पानी?”अब त त्यही कुवाको पानी पनि जलवायु परिवर्तनले सुकाइदिई सक्यो । बेनीबजार, म्याग्दीलाई दीर्घकालसम्मको लागि चाहिने पर्यटकीय परियोजना भनेकै वर्तमानमा यहाँको पर्यावरणीय सुरक्षा ग्यारेन्टी हो । त्यसकालागि कुरौटे मुख भन्दा पनि पौरखीहातहरूको खाँचो छ ।

धमिलो म्याग्दी–कालीलाई सङ्लो र स्वच्छ पानी बगाउन सक्ने पौरखीहात । बजार क्षेत्र लगायत म्याग्दीको भीर, पाखापखेरा, फाँट, मन्दिर आदि क्षेत्रलाई हरियालीमा परिणत गर्न सघाउने पौरखीहात । यहाँको माटोको सुगन्धलाई चुम्नसक्ने पौरखी हात । बेनीको बजारमा प्रकृतिप्रति नजरलगाउने सक्ने आँखा । अनिमात्रै बेनी भ्रमण वर्षको सार्थकता पुष्टि हुनेछ । नयाँ पुस्तामाझ बेनीबजारको सौन्दर्यतालाई पुस्तान्तरण गर्न सकिनेछ । सुख–शान्तिको सास फेर्न सकिनेछ । लेखक वेष्टपोइन्ट कलेजमा प्रिन्सिपलका रुपमा कार्यरत हुनुहुन्छ ।