हिरा बुढाथोकी

म्याग्दीको अन्नपुर्ण गाउपालिका – ५ साबिक शिख गाविसमा जन्म भई बिगत बिस वर्ष देखि हंगकंगलाइ कर्मथलो बनाउदै आएकी आशा पाइजाले आफ्नो पहिलो सांगेतिक कोसेली जसको निम्ती आँसु बजारमा ल्याएकी छिन।

कन्चन सुशील म्युजिक प्रा.लि.ले तयार पारेको म्युजिक भिडियो बिन्दाबासिनी म्युजिक प्रा.लि. सँगको सहकार्यमा शुक्रबार बिन्दाबासिनी म्युजिक प्रा.लि.को आधिकारिक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो। पाइजा आफैले शब्द रचना गरेकी उक्त गीतमा संगीतकार पुष्पराज बरालले संगीत भरेका छन् भने गायिका गीता पाइजाले स्वर दिएकी छिन।

विभिन्न विधाका कलाकारको उर्बर भुमि म्याग्दीमा पछिल्लो समयमा संगीत मोह बढ्दै गएको पाइन्छ । आफुले बजारमा ल्याएको म्युजिक भिडियो बारे पाइजाले भनिन ! यो मेरो संगीत रहर हो सुख दु:खका साथी गीत संगीत ले कही न कही यथार्थ बोकेको हुन्छ यो गीतको पनि मैले एक जना मित्र सँग भावनात्मक कुराकानीका क्रममा रचना गर्न मन लागेर तैयार पारेको हो ।https://youtu.be/lyAZpfYvOjg

दुख बिर्साउने गितहरु मेरो जिबनको सारथी हुन् त्यसैले पहिलो प्रयास गरेको हो दर्शक स्रोताको सल्लाह सुझाब अनुसार आगामी दिनमा पनि गीत बनाउने सोचमा छु। रहर लागेर प्रयास गरेको हो सबैले सुनेर सल्लाह सुझाब दिनुहुनेछ भन्ने अपेक्षा गरेकी छु हेरौ कस्तो प्रतिक्रिया आउछन पाइजाले हास्दै भनिन ।

मन्जुश्री रेकर्डिङ्ग स्टुडियो पुतली सडकमा रेकर्ड भएको गीतको एरेन्ज छेवाङ्ग लामा द्वारा भएको थियो भने भिडियो इन्जोए मुभी प्रा.लि.ले छायांकन गरेको हो । सुबास जिसी को निर्देशन रहेको भिडियोमा चर्चित मोडेल सगुन साही र सुबास जिसी मुख्य भूमिकामा अभिनय गरेका छन् भने कलाकारहरु शिब र सुक्रियाले समेत अभिनय गरेका उक्त म्युजिक भिडियोको छायांकन कृष्ण पाण्डेले गरेका छन् ।