कागती अत्याधिक प्रयोग हुने फल हो । चियादेखि अनुहार चमकाउनसम्म कागतीको प्रयोग हुन्छ । यसको अचार पनि त्यतिकै स्वादिलो हुन्छ । कागतीले नुहाँउदा चाँया पर्ने समस्या हट्छ । यतिमात्र होइन, निचोरेको कागतीका पनि धेरै फाइदा छन् । तर हामी थाहा नभएर त्यसको प्रयोग भने गर्दैनौं। यी हुन निचोरेको फालेका कागतीका चार अनौठा फाइदा :

कपडामा चमकपन ल्याउन

सेतो लुगामा कालो वा अन्य टाटो लागेर हैरान हुनु भएको छ ? आत्तिनु पर्दैन, फालिएको कागतीलाई पानीमा निचोरेर लुगालाई १५ मिनेट छोडिदिनुहोस । १५ मिनेटपछि ती लुगालाई साबुन पानीले साबिक झै धुनुहोस । तपाईको लुगाको चमक पूर्ववत अवस्थामा फर्किन्छ । कागती पानीले लुगाको जुनसुकै फोहर सफा बनाइदिन्छ ।

हातको चिल्लो हटाउन

तपाईले याद गर्नु भएकोले होला प्राय रेस्टुरेन्टमा सानो कचौरा वा गिलासमा मन  तातो पानीमा कागती डुबाएर राख्ने गरिन्छ । किन राखिन्छ कागतीलाई यसरी ? रेस्टुरेन्टमा निकै चिल्लो तथा मसलादार खाना खाँद हातमा लागेको चिल्लो हटाउन कागती पानीले मद्धत गर्ने भएकोले यस्तो व्यवस्था गरिएको हो । निचोरेको कागतीलाई हातमा दल्नाले चिल्लोपन हट्छ । साथै कागतीमा हुने एसिडयुक्त तत्वले नङको फोहर फाली चमक गराउँछ ।

भाडा डढेको दाग मेटाउन

कहिलेकाही खाना पकाउदा भाँडा डढ्न सक्छ । खाना डढेर कुकर वा कुनै भाँडाको भित्र र बाहिर कालो हुन सक्छ । यस्तो अवस्थामा मन तातो पानीमा निचोरेको कागतीलाई केही बेर डुबाउने र त्यसले रगेटेर माझ्नाले डढेको दाग हट्छ ।

घरलाई बासनादार बनाउन

कागतीको बासना आफैमा मगमग आउने भएकोले यसले वातावरणलाई सुगन्धित बनाउछ भने अनावश्यक झिंगा पनि फैलिदैनन् । सम्भव भए घरको वरिपरि कागती लगाउनुहोस । घरका कुना काप्चा ढुडी लागेर वा हावा नछिरेर नराम्रो गन्ध त आएको छैन ? यस्तो बेलामा तपाईले कोठाका कुना कुनामा अत्तर छर्ने चिन्ता लिनु पर्दैन । फालिएका एकदुई ओटा कागती भए पुग्छ ।

कागतीलाई तपाईले किचेनको विभिन्न स्थानमा पनि घोटेर बासनायुक्त बनाउन सक्नुहुन्छ । कागतीले फ्रिजको गन्ध पनि हटाँउछ ।