म्याग्दीका लोकप्रिय गायक सम्भोज मल्लको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । यूवापुस्तामा निकै लोकप्रिय रहेका मल्लको स्वरमा रहेको गीत बजारमा आएपछि यूवापुस्ताको रोजाईमा परेको छ । गायक  मल्ल माया–प्रेमले भरिएको एउटा गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

‘भन्नेले के के भन्छन्…’ शीर्षकको उक्त गीतको म्युजिक भिडियोमा एउटा रमाइलो प्रेम प्रसंगलाई समेटिएको छ । गीतमा गायक मल्लकै शब्द तथा संगीत सुन्न सकिन्छ । मोहित मुनालले उक्त गीतमा संगीत संयोजन गरेका छन् । मायाले जात, धर्म, पेसा, योग्यता, वर्ग केहि हेर्दैन । साँचो मायाको सधै जित हुन्छ । त्यसैले साँचो मायाको स्थान सधैं उच्च हुन्छ भन्ने भावनालाई म्युजिक भिडियोमा समेटिएको छ ।

मायाले कुनै युद्ध हारेको छैन, हरेक परिस्थितिमा मायाकै जीत हुन्छ भन्ने सन्देश बोकेको उक्त भिडियोको निर्देशन सुरेन फोटोग्राफीका नामले परिचित सुरेन श्रेष्ठले गरेका हुन् । भिडियोमा प्रस्तुत गरिएको कथावस्तुको लेखन पनि निर्देशक श्रेष्ठले नै गरेका हुन् । श्रेष्ठ पछिल्लो अवधिमा अष्ट्रेलियाबाट म्युजिक भिडियो निर्माण तथा निर्देशनमा सक्रिय रहँदै आएका छन् । टेक बयलकोटीले उक्त भिडियो छायांकन गरेका हुन् भने प्रविण श्रेष्ठले भिडियोलाई सम्पादन गरेका हुन् ।


अष्ट्रेलियामा छायांकन गरिएको उक्त भिडियोमा सृष्टि रोका तथा कबिन रानाले अभिनय गरेका छन् । भिडियोमा सृष्टि र कबिनको प्रेम प्रसंगलाई रोमाञ्चक शैलीमा चित्रण गरिएको छ । भिडियोमा कबिनले सृष्टिको घरमा काम गर्ने व्यक्तिको भूमिका निर्वाह गरेका छन् । कबिनको काम गर्ने शैली तथा गिटारवादनबाट सृष्टि लट्ठ पर्छिन् । केही समयपछि नै सृष्टि र कबिन एक–अर्कालाई प्रेम गर्न थाल्छन् । सृष्टिका बुवाले उनीहरुको प्रेमालाप देखेपछि कबिनलाई घरबाट निकालि दिन्छन् । यद्धपि सृष्टि र कबिनको सुखद मिलन भएरै छाड्छ । भिडियोमा कबिन र सृष्टिले व्यवसायिक कलाकारले झैं अभिनय गरेका छन् ।उक्त म्यूजिक भिंडियोको डान्स क्रोरियोग्राफ रघु जुग्जालीले गरेका थिए भने मेकअप एन्ड हेयर सुबिन पुनको रहेको छ ।

यस्तो छ भन्नेले के भन्लान्को म्युजिक भिडियो