सिविन नेपाल म्याग्दीको छाता संस्था योङ्ग ब्वाइज नेटवर्क म्याग्दी गठन भएको छ । युवाहरु सहभागी नेटवर्कले सामाजिक क्षेत्रमा काम गर्ने योजनासहित शनिबार बेनीमा सम्पन्न युवाहरुको भेलाले थमप्रसाद आचार्यको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा सन्दिप शर्मा रिजाल, सचिवमा रोशन परियार, कोषाध्यक्षमा सुशन बराईली र सह–सचिवमा अमर छन्त्याल रहेका छन् । सदस्यहरुमा नविन पुन, नारायणप्रसाद पौडेल, भूमिराज शर्मा, रुपेश पूर्जा, आत्माराम सुवेदी र मेखप्रसाद पुन मगर रहेका छन् ।पछि थप दुईजना मनोनित गरिने समितिका उपाध्यक्ष सन्दिप शर्मा रिजालले बताए । यसैगरी आइतबार योङ्ग ब्वाइज नेटवर्कले जिल्ला अस्पतालमा फलफुल वितरण गर्ने निर्णय गरेको जनाएको छ ।