नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला कमिटी म्याग्दीको शनिबार बेनीमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेलाले खरमाया बिटालुको संयोजकत्वमा ३१ सदस्यीय सम्मेलन आयोजक कमिटी र ११ सदस्यीय सचिवालय गठन गरेको छ । कमिटीको उपसंयोजकमा बलबहादुर विक, सचिवमा सुनबहादुर विक, सहसचिवमा दुर्गा खाती र कोषाध्यक्षमा पूर्ण परियार रहेका छन् ।

यसैगरी सदस्यहरुमा शिव विक, कमला परियार, विष्णु नेपाली, विष्णु विक, गंगा विक, शोभा विक, सुकमाया नेपाली, कुमारी नेपाली, भीमसेन किसान, रामकृष्ण बराईली, राजु किसान, गोरी परियार, जमुना किसान, अमृता विक, सङ्गीता परियार, हरि विक, लेकबहादुर विक, गंगालाल विक, यामकुमारी विक, खिममाया गोतामे, सिर्जना विक, रामबहादुर विक, दण्डपाणि परियार, लक्ष्मी परियार, भवी रसाईली र रासबहादुर विक रहेका छन् ।

सोही अवसरमा आसन्न निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउनका लागि खरमाया बिटालुको संयोजकत्वमा नेपाल उत्पीडित जातिय मुक्ति समाजको १५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ ।  कार्यक्रमको उद्घाटन गर्दै नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रीय सचिवालय सदस्य मनोहर विश्वकर्माले देश छुवाछुतमुक्त घोषणा भैसके पनि अझै समाजमा छुवाछुतको अवस्था कायमै रहेको हुँदा त्यसको अन्त्य गर्नुपर्ने बताए । समाजमा रहेका सबैखाले विभेदको अन्त्यका लागि नेकपा एमालेमा गोलबद्ध हुनुपर्ने उनको भनाई थियो ।

सोही कार्यक्रममा बोल्दै नेकपा एमाले वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्र थापाले एमाले नेतृत्वको सरकारले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको भन्दै समाजमा द्वन्द्व र विभेद उन्मुलन गर्ने पार्टी नेकपा एमाले भएको बताएका छन् ।
कार्यक्रममा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्वराज्यमन्त्री तथा सांसद नरदेवी पुन र जिल्ला सचिव बालकृष्ण सुवेदीले समाजमा अझै पनि कायम रहेको जातिय छुवाछुत अन्त्य गर्नुपर्नेमा जोड दिँदै समाज सुधार गर्न र परिवर्तनका लागि बाम तालमेल आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य थमसरा पुन, जगबहादुर किसान, रामप्रसाद सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्मा, नेपाल उत्पीडित जातिय मुक्ति समाज सदस्य दुर्गा खाती र नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका सचिव चन्द्रमान छन्त्यालले मन्तव्य राखेका थिए । कार्यक्रम नेपाल उत्पीडित जातिय मुक्ति समाजका अध्यक्ष बलबहादुर विकको अध्यक्षता, सदस्य सुवास विश्वकर्माको स्वागत र सुनबहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियो ।