म्याग्दीका यूवा गायक सञ्जन बोहोराको नयाँ मौलिक रोइला भाकाको गीत बजारमा आएको छ । फरक शैलीको गीतले दुईदिनमै लोकप्रियता कमाएको छ । पछिल्लो समय रोईला गीतले श्रोताको मन जितिरहेको अवस्थामा बोहोरा र मनमायाँ घर्तीले ‘के काम गाई पालेर’ बोलको गीत बजारमा ल्याएका हुन् । ग्रामिण परिभेष र मायाँपिरतीलाई म्यूजिक भिडियोमा समेटिएको बोहोराले बताए । https://youtu.be/xe4GHco0CjI

‘फरक शैलीको भएकाले पनि धेरैले मन पार्नुभएको छ । यसले नेपालको लोकगितको क्षेत्रमा छुट्टै स्थान पाउने अपेक्षा गरेको छु’ बोहोराले बेनीअनलाइनलाई भने । बोहोराको आफ्नै शब्द रहेको गीतमा पूर्णिमा विसीसंग मोडलिङ गरेका छन् । म्याग्दी जिल्लामा सञ्चारकर्मीको भूमिका संगै लोकगायनमा प्रवेश गरेका बोहोराले मेला, महोत्सव लगाएत विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउने गरेका छन् । हाल काठमाण्डौमा रहेका बोहोरा म्याग्दी काठमाण्डौ कलाकार मञ्चमा समेत कार्यरत छन् ।