विगतका निर्वाचनमा बालबालिकालाई समेत राजनीतिक दलले आफ्नो चुनावी अभियानमा प्रयोग गरे ।दलका गतिविधिमा संगै भरियाको रुपमा समेत बालबालिकाको प्रयोग गरेको पाइयो । हामीले यस विषयमा जिल्लास्तरका कार्यक्रमहरुमा समेत पटकपटक आवाज उठाएका थियौं ।निर्वाचनले विकास र समृद्धको योजना अगाडी बढेपनि बालअधिकारकर्मीको हैसियतले प्रतिनिधिभा र प्रदेशसभा निर्वाचनबाट कुनै पनि बालबालिकाहरु आफ्नो हक अधिकार सजिलो संग पाउन, बालबालिकाको लागि छुट्टाउने बजेट बालबालिकामा नै लगानी हुनुपर्छ ।

बालबालिकाको पनि कुरा सुनेर मात्रै बालबालिकाको कार्यक्रम ल्याउनु प¥यो ।म्याग्दीकोसम्पुर्ण स्थानीय तह बाल मैत्री बनाउनुपर्छ । बालबालिकालाई प्रयोग र आश्वासन भन्दा पनि ब्यवहारिक रुपमै कार्यान्वयन हुने योजनाहरू सार्वजनिक हुनुपर्छ । म्याग्दीमा दलका नेताहरुकै घरमा बालशोषण भइरहेको छ । सबै राजनीतिक दलले निर्वाचन पछाडी बाल अधिकार र आवश्यकतालाई पुरा गर्न सक्नुपर्छ । मेरो र हामी बालबालिकाको अपेक्षा यही हो ।
थमप्रसाद आचार्य उपाध्यक्ष जिल्ला बाल सञ्जाल

अनुभवी जनविश्वास जितेका प्रतिनिधि छनौट हुनुपर्छ

विगतमा निर्वाचनमा पनि जितेपछि यो गछौ भन्ने धेरै आश्वासन हामीले पाएका थियौं । चुनावी घोषणापत्रमा जिल्लालाई स्वर्गको टुक्रा बनाउने जस्ता योजनाहरु समावेश हुन्छ तर पनि ब्यवहारिक रुपमा त्यसको प्रयोग देखिएको छैन् । सानो जिल्ला भएकाले पनि म्याग्दीबाट जनप्रतिनिधिको हैसियतमा केन्द्रमा पुगेकाबाट गर्न सक्ने हो भने धेरै सकिन्छ ।

राजन्ीतिक पृष्ठभूमिबाट आएका र अनुभवी केह ीगर्न सक्छु भन्ने आँट अनि जनविश्वास जितेका प्रतिनिधि छनौट हुनुपर्छ । सदरमुकाम बेनी देखी दुर्गम क्षेत्रसम्म समानताको आधारमा बजेट विनियोजन लगाएत आवश्यक योजनाहरु भित्राउन सक्ने जनप्रतिनिधिको खोजीमा म जस्ता म्याग्देली छौ । त्यसैले जिल्लामा आवश्यक क्षेत्रको पहिचान गरी लगानी र सहयोग भित्राउन सक्ने जनप्रतिनिधिको अपेक्षा गरेको छु । हिरा पौडेल

पहिले पारदर्शी पद्धतिको बिकास

हाल सम्म नेपालमा एकीकृत बिकासको अवधारणा सम्म पनि लागू भएको छैन । यो अवधारणा भन्दा बाहिर गएर दिगो बिकास सम्भव छैन र दिगो बिकास बिना समृद्धिको कल्पना पनि गर्न सकिन्न । त्यसैले योजना भन्दा पहिले पारदर्शी पद्धतिको बिकास गर्न जरुरी हुन्छ ।

यस्तो पद्धतिको बिकास र कार्यान्वयनको लागि स्थायी सरकारको बिकल्पै छैन। अहिलेको राजनैतिक अवस्थाले यसैलाई ईङ्गित गरिरहेछ । हिजोका दिनमा ३र३ पटक बहुमत प्राप्त गरेको पार्टी जस्तो भोलि बहुमत प्राप्त गर्ने पार्टी असफल भएनन भने अवश्य पनि माथी उल्लेख गरेको झै पद्धतिय बिकासको शुरुवात हुने नै छ । यो नेपालको भावी अपरिहार्यता पनि हो ।चन्द्रमणी सापकोटा

स्थीर सरकार

अहिलेसम्म हामीले अस्थीर सरकार पाएका छौ । सबै राजनीतिक दलले सत्ता प्राप्तीलाई नै आफ्नो योजनाको रुपमा प्रयोग गरेका छन् । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनबाट निर्वाचित हुने जनप्रतिनिधहरुबाट मैले स्थीर सरकार, शिक्षा,स्वस्थ्यमा सबैको पहुँच, रोजगारीको सृजना, पर्यटन,यातायात(ग्रामीण सडकलाइ बिशेष प्राथमिकता जलविद्युत र कृषिमा प्रयाप्त लगानीमा जोड तथा गरिबी निवारण र आत्मनिर्भर जस्ता कार्यक्रममा विषेश ध्यान केन्द्रित गर्नुपर्छ । अव जनताले भाषण भन्दा पनि काम हेर्न चाहन्छन् । दिपक श्रेष्ठ, प्रअ बेनी सामुदायिक मावि बेनी