लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक सुरज श्रेष्ठ आफ्नो नयाँ गीत ‘कालो कपाल…’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । २०६१ सालदेखि नै संगीतको औपचारिक अध्ययन प्रारम्भ गरेका गायक श्रेष्ठको कालो कपाल…गीतको म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितिरहेको छ ।

गीतकार विपिन मर्मका शब्द तथा गायक उदेश श्रेष्ठको संगीत निर्देशनको उक्त पप गीतको म्युजिक भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका हुन् । गीतमा उदेश श्रेष्ठकै संगीत संयोजन छ । रोशन श्रेष्ठद्वारा छायांकन गरिएको उक्त भिडियोमा निशान्त तथा सोनाले अभिनय गरेका छन् । सतिज श्रेष्ठ उक्त भिडियोका सम्पादक हुन् । एशियन म्युजिकको यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त भिडियो भिडियोमा किसन भुसालको कोरियोग्राफी छ ।