म्याग्दीको मंगला गाउँपालीका २ मा रहेको प्रगति आधारभुत विद्यालयका विपन्न विद्यार्थीहरुलाई झोला र शैक्षिक सामाग्री वितरण गरिएको छ ।मंगला गाउँपालीका २ सिमलचौरका युवा उद्यमी अशोक शर्माले स्थापना गर्नुभएको केडी फाउण्डेशनबाट २६ जना विद्यार्थीलाई झोला र पूर्व प्राथमिक तहका ९ जनालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

विद्यालयमा आईतबार आयोजित कार्यक्रममा शर्मा, पुनम खड्का, अर्जुन शाही र जिवन शर्माको टोलीले शैक्षिक सामाग्री वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सकबहादुर जुक्जालीको अध्यक्षता र प्रअ लालकुमारी खत्रीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । सिमलचौरमा रहेको केडी कटेज एण्ड रेष्टुरेन्टका सञ्चालक शर्माले व्यवसाय र समाजसेवा संगसंगै भन्ने उद्देश्य अनुसार सहयोग गरेको बताउनुभयो ।