जिब्रोको स्वाद बढाउन खाद्यपदार्थमा प्रयोग हुने अजिनोमोटोले स्वास्थ्यमा सकस बढाएको भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् । नेपालमा बर्षेनी करिब दुई हजार मेट्रिक टनसम्म आयात भइरहेको अजिनोमोटो (मोनोसोडियम ग्लुटामेट(एमएसजी)ले सामान्य स्वास्थ्य समस्या देखि पेटको क्यान्सर सम्म हुन् सक्ने चिकित्सकहरुको भनाइ छ । जिब्रोको स्वाद बढाउन अजिनोमोटो युक्त खाद्य पदार्थ सेवन गर्दै हुनुहुन्छ भने ख्याल गर्नुस्, यसले स्वाद संगै रोग पनि बढाउछ । अजिनोमोटोको प्रयोगले अत्यन्त हानिकारक तथा दीर्घकालीन रोगका साथै पेटको क्यान्सर हुने चिकित्सकहरुले चेतावनी दिएका छन् ।

लबालिकाले खाजा र खानाको रूपमा बढी प्रयोग गर्ने चाउचाउ, चिजबल्स, कुरकुरेजस्ता तयारी खाजामा अजिनोमोटो प्रयोग भएको हुन्छ । यो क्यान फुड, फास्ट फुड एवं जंक फुड आदिमा प्रयोग गरिन्छ । अजिनोमोटोले कुनै पनि खाद्य पदार्थको स्वादलाई झन् मीठो बनाइदिन्छ पछिल्लो समय नेपालमा मम चाउमिन बढी सेवन भएको पाइन्छ यस्ता खानामा अजिनोमोटो बढी प्रयोग भएको हुन्छ ।

हेर्दा सेतो देखिने यो भयानक पथार्थ पछिल्लो समय शहरी क्षेत्रका नेपालीको भान्सामा बढी पाइन्छ चाउचाउ, तयारी सुप, तरकारी, माछामासु, क्रेकर, स्न्याक्स, चिजबल्स, कुरकुरे, सोया सस, आलु चिप्स, अचार, सलाद, तरकारीका मसलालगायतमा अजिनोमोटो (मोनोसोडियम ग्लुटामेट(एमएसजीको प्रयोग भएको हुन्छ। अजिनोमोटोको सेवनले पेटको क्यान्सर को जोखिम रहेको क्यान्सर रोग बिशेषज्ञको भनाइ छ । खाद्यविज्ञका अनुसार अजिनोमोटो युक्त खाद्य पदार्थको नियमित सेवनका कारण क्यान्सर, हृदयाघात, दिमाग सुस्त हुन सक्छ।

त्यस्तै छिटै बिर्सने, टाउको दुख्ने, उच्च रक्तचाप हुने, चिटचिट पसिना आउने, शरीर काम्ने, घाँटीमा सुन्निने, मुटुको धडकन बढ्ने, छाती दुख्नेजस्ता रोग लाग्न सक्छन्। चिकित्सकका अनुसार बालबालिका र वृद्धवृद्धालाई अजिनोमोटो युक्त खाद्य पदार्थले सबैभन्दा बढी असर पुस्याउँछ। नेपालजस्तो सानो मुलुकमा बर्से्नि करिब दुई हजार मेट्रिक टनसम्म अजिनोमोटो आयात भइरहेको छ ।जिब्रोको स्वाद बढाउँन प्रयोग भएको अजिनोले स्वास्थ्यमा सकस बढाएको छ ।