‘होल बडी चेक’ गर्दा कुन अस्पतालको शुल्क कति?

वयोधा अस्पताल बल्खु

बल्खु रिङगरोडसँगै रहेको वयोधा पनि निजी क्षेत्रबाट संचालित अस्पताल हो। यहाँसामान्य मानिसको होलबडी स्वास्थ्य परीक्षण गर्दा पुरुषको लागि लागि १२ हजार पाँचसय र पहिलाको ११ हजार पाँचसय लाग्ने अस्पतालले जनाएको छ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल

काठमाडौं धापासी हाइटमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पनि निजी क्षेत्रबाटै संचालित छ। यस अस्पतालमा विभिन्न अंग प्रत्यारोपण पनि हुने गरेको छ। ग्रान्डीमा होलबडी स्वास्थ्य परीक्षण गर्दा प्रारम्भिक चरणमा २ हजारदेखि थप चरणमा १७ हजार सम्मको प्याकेज रहेको छ।

दुई हजारमा रगतको परीक्षण गरिने र मुटु किड्नीको पनि सामान्य चेकजाँच हुने गर्छ। १७ हजारको प्याकेजमा प्रत्येक अंगहरुको भित्री परीक्षण गरी विस्तृत जानकारी पाइने अस्पतालले जनाएको छ।

टिचिङ अस्पताल

काठमाडौंस्थित महाराजगंजमा रहेको टिचिङ सरकारी अस्पताल हो। एमबीबीएस पढाई समेत हुने भएकाले यसको नाम ‘टिचिङ’ रहन गएको हो। पढाई त छँदैछ, अस्पतालमा विभिन्न ठूला रोगको उपचार पनि हुने गरेको छ। होलबडी स्वास्थ्य परीक्षण गर्दा जम्मा २ हजार ४ सय ५० रुपैयाँ शुल्क तोकिएको अस्पतालले जनाएको छ।

सिभिल अस्पताल

नयाँ बानेश्वरस्थित सिभिल अस्पताल अर्ध सरकारी रुपमा संचालित छ। विभिन्न रोगको उपचार हुने सिभिल अस्पतालमा होलबडी स्वास्थ्य परीक्षण गर्दा ३ हजार २ सय ६५ रुपैयाँ शुल्क लाग्दछ।

बी एण्ड बी अस्पताल

ललितपुर ग्वार्कोमा रहेको बी एण्ड बी अस्पताल पूर्ण निजी तवरले संचालित अस्पताल हो। विभिन्न ठूला रोगको उपचार हुने बी एण्ड बी अस्पतालमा होलबडी स्वास्थ्य परीक्षणलाई दुई समूहमा छुट्याइएको छ। पहिलो समूहअन्तर्गत सामान्यतः पूर्व जानकारी लिन गरिने होलबडी परीक्षण पर्दछ।

पैसाका कारण परीक्षण नरोकियोस् भन्ने उद्देश्यले यो समूह तय गरिएको अस्पतालले जनाएको छ। जसको शुल्क ३ हजार पाँचसय लाग्दछ।

मुटुको विशेष परीक्षण गर्नेगरी अर्को समूहमा बडी चेक अप गर्ने गरिएको छ। ब्लडपे्रसर भएका बिरामीले यही समूहबाट पूर्ण परीक्षण गर्नुपर्दछ। ‘कार्डियो प्याकेज’ नामको यो परीक्षणमा शुल्क ६ हजार ५ सय शुल्क लाग्ने अस्पतालले जनाएको छ।

सुमेरु अस्पताल

ललितपुर धापाखेलमा रहेको सुमेरु निजी तवरबाट संचालित अस्पताल हो। यहाँ होलबडी स्वास्थ्य परीक्षण गर्दा सामान्य मानिसलाई ४ हजार पाँचसय ५० रुपैयाँ शुल्क लाग्छ। यदी प्रारम्भिक चरणमा कुनै अंगमा रोगको संकेत वा लक्षण देखिएमा पुनः भित्री रुपमा परीक्षण गर्नुपर्दछ। यसका लागि पुरुषका हकमा ९ हजार ९ सय रुपैयाँ र महिलाको हकमा ११ हजार शुल्क लाग्ने सुमेरु अस्पतालले जनाएको छ।

अल्का अस्पताल

निजी तवरमा संचालित ललितपुर जाउलाखेलमा रहेको अल्का अस्पतालमा होलबडी स्वास्थ्य परीक्षणलाई तीन समूहबाट गर्ने गरिन्छ। समूहअनुसार शुल्क फरक फरक पर्दछ। सामान्य मानिसको हकमा २ हजार ९ सय ७०, र ब्लडपे्रसरका बिरामीको हकमा ४ हजार ९ सय ७० रुपैयाँ शुल्क लाग्छ। मुटु रोग, सुगर भएका बिरामीको हकमा होलबडी परीक्षण गर्दा ७ हजार १ सय रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पताल

काठमाडौं थापाथलीमा रहेको नर्भिक अस्पताल निजी तवरबाट संचालित छ। नर्भिकमा निरोगी १५ देखि ४० वर्षको उमेरका मानिसले होलबडी स्वास्थ्य परीक्षण गर्दा पुरुषका हकमा ६ हजार शुल्क लाग्ने गर्दछ।

महिलाको हकमा भने केही महँगो पर्ने अस्पतालले जनाएको छ। यदी सुगर, ब्लडप्रेसरका बिरामीले भने भित्री परीक्षण गर्नुपर्ने र थप शुल्क लाग्ने अस्पतालले जनाएको छ।

ओम अस्पताल

निजी क्षेत्रबाट संचालित चाबाहिलमा रहेको ओम अस्पतालमा पुर्ण स्वास्थ्य परीक्षण गर्दा पुरुषको हकमा १५ हजार पाँचसय र महिलाको हकमा १४ हजार ६ सय रहेको छ।