‘मायाँ लाउ भन लाउला नभन’ गत शुक्रबार लोक गायिका लाली बुढाथोकीले लोकप्रिय लोक गायक खड्ग गर्बुजाको स्वरमा हालै बजारमा ल्याएको मौलिक गीत एल्बमको एक गीत हो । नेपालको मौलिक लोकसंगीतहरू लोप हुन थालेपछि नेपाली लोकसंगीतका लोकप्रिय गायक गर्बुजाको संगीत र स्वरमा बजारमा ल्याएको गीतले तीनदिनमै लोकप्रियता कमाएको छ ।

बेनी नगरपालिका–३ भकिम्लीकी बुढाथोकी आधुनिक गीत ‘मायाँ चिन्न पाईदैन’ भन्ने गीतबाट सांगितिक क्षेत्रमा प्रवेश गरेकी बुढाथोकीले ‘सालैजो मार्यो नी मायाँले’ ‘काले मा काले’,‘शिरफुले माया’,‘डाँडापारी गाउँ छ’,‘थाली नाच हेर्न म्याग्दी जाउँ’ सहित पाँच दर्जनभन्दा बढी गीतमा आफ्नो स्वर दिएकी छन् ।

बाल्यकालदेखी नै गायनमा रुची भएकी बुढाथोकीको लोकप्रियता चुलिदैं गएको छ ।विद्यालय उमेरमै गाउँमा हुने मेलापर्व र विद्यालयस्तरका प्रतियोगितामा सहभागिता जनाउँदै ब्यवसायीक गायन क्षेत्रमा प्रवेश गरेकी बुढाथोकीले बेलायत र यूरोपका विभिन्न मुलुकमा समेत पुगेकी छन् ।‘स्वदेश तथा विदेशका कार्यक्रममा अफर आउने गरेका छ ।

मौलिक गीतमा आफ्नो स्वर दिन रुचाउँछु’ बुढाथोकीले भनिन् ।धौलागिरि अञ्चलको म्याग्दी, बागलुङ, पर्वतमा आयोजित महोत्सव देखी ग्रामिण क्षेत्रमा मेलापर्वहरूमा धेरै अफर आउने गरेको उनको भनाई छ ।‘यूवापुस्तालाई पनि लोकसंगीतप्रति रुची बढाउन आवश्यकता छ ।मेरो गीतहरू यूवापुस्ताले पनि रुचाउनुहुुन्छ’ उनले भनिन् ।आफ्नो लक्ष्यमा पुग्न उनका श्रीमान र आफन्तको सहयोगले समेत सहज भएको उनको भनाई छ ।

केही महिना अगाडी म्याग्दीको पहिचान थाली नाचमा स्वर दिएकी बुढाथोकीले मगर समुदायका पुराना गीतहरूको संरक्षणमा निरन्तर सक्रियता देखाउने गरेकी छन् ।उनले धेरै गीत बजारमा ल्याउनुभन्दा पनि लोकसंगीतको जर्गेना गर्ने गीतहरूलाई प्राथमिकता दिने गरेको बताईन् । हरेक विधाका गीतमा आफ्नो प्रस्तुती दिन सक्ने क्षमताकी धनी बुढाथोकीले काठमाण्डौमा आफ्नै स्टुडियो समेत सञ्चालन गरेकी छन् । गायन क्षेत्रमा प्रवेश गर्दा पूर्व भारतीय सेना समेत रहेका श्रीमानको कमाईबाट एल्बम निकाल्ने गरेपनि अहिले ब्यवसायीक रुपमै गायनको क्षेत्रमा लागेपछि नाम र दाम दुवै रहेको उनको भनाई छ ।

म्याग्दी काठमाण्डौ कलाकार मञ्चको द्धितिय उपाध्यक्ष, लोकदोहोरी प्रतिष्ठान कमलादीमा सह–कोषाध्यक्ष, मगर संघ म्याग्दी लगाएत विभिन्न सामाजिक, धार्मिक र जातीय संघसंस्थामा समेत आवद्ध रहेकी बुढाथोकीले फेसनको रुपमा गायनको क्षेत्रमा प्रवेशले केही असहज भएको बताईन् । ‘लगानी र फेसनको रुपमा गायनका टिक्न सकिदैन् । नेपाली बजारमा यो चुनौतीको रुपमा देखिएको छ’ उनले भनिन् ।दुईवटा नयाँ एल्बमको तयारीमा ब्यस्त बुढाथोकीले आफ्नो जन्मभूमिलाई चिनाउने गीतहरूमा अफर आएको बताईन् ।