हिन्दु परम्परामा नभै नहुने धातुको रुपमा मानिने तामा बैदिक मात्र नभइ वैज्ञानिक हिसाबले पनि त्यक्तिकै उत्तम मानिएको छ । विषेश गरेर धार्मिक तथा वैदिक कार्यहरुमा तामाका भाडाहरुको प्रयोग अनिवार्य मानिने गरेको छ ।तामाको भाडाको धार्मिकसंगै वैज्ञानिक हिसावले समेत फाइदाजनक हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । अध्ययनले तामाको भाडामा राखिएको पानी पिउदा विभिन्न फाइदा पुग्ने पनि देखाएको छ । यसरी तामाको भाडामा राखेको पानी पिँउदा यूरिक एसिडको समस्या कम गर्ने, मोटोपना घटाउने, शरिरमा थाइरोक्सिन हर्मोनमा नियन्त्रण लगाएतका समस्या समधानका लागी मद्धत गर्ने गर्दछ । यति मात्र नभइ अरु थुप्रै फाइदा पुग्ने अध्ययनले देखाएको छ ।

 यस्ता पनि छन अरु फाइदाहरु:

१ . तामाको भाँडामा राखेको पानी पिउनाले युरिक एसिडको समस्या कम हुन्छ र जोर्नीको दुखाई कम गर्न रामवाण सावित हुन्छ ।

२. तामाको भाँडमा राखेको पानीमा घुलेको तामा तत्वले शरिरमा थाइरोक्सिन हर्मोनमा नियन्त्रण गर्दछ । जसले थाईराइढको समस्या उत्पन्न हुन दिँदैन ।

३. तामाको भाँडामा राखेको पानी पिउनाले एसिडिटी तथा पेटमा ग्याँस जम्मा हुने समस्याबाट छुटकारा मिल्छ र पाचन प्रणाली पनि सुुध्रन्छ ।

४. तामाको भाँडामा कम्तिमा आठ घण्टा राखेको पानी नियमित रुपमा पिउनाले रक्तअल्पता जास्ता समस्या कम हुन्छ ।

५. तामाको भाँडामा राखेको पानी पिउनाले कोलेस्ट्रोलको समस्या कम हुन्छ र मुटु स्वस्थ राख्न सहयोग पुग्दछ । त्यसैले मुटुका रोगीहरुका लागि तामाको भाँडामा राखेको पानी नियमित रुपमा पिउनु फाइदाजनक हुन्छ ।

६. तामाको भाँडामा राखेको पानीमा पर्याप्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ । यसले सरीरमा क्यान्सर प्रतिरोधी क्षमताको विकाश गर्नुका साथै छिटै बुढ्यौलीका लक्षण देखिने समस्या पनि कम हुन्छ ।

७. शरीरको वजन कम गर्न पनि सहयोग मिल्दछ ।

८. तामाको भाँडामा राखेको पानीमा ब्याक्टेरिया प्रतिरोधी गुण पाइन्छ । जसले पानीमा भएका जिवाणु नष्ट गर्दछ । त्यसैले तामाको भाँडोमा राखेको पानी पिउनाले कमलपित्त, आउँ जस्ता रोगको खतरा कम गर्दछ ।

९. तामाको भाँडामा राखेको पानीमा पाइने लवणका कारण कपाल झर्ने समस्या पनि कम हुन्छ ।