समय र मात्रा मिलाएर खाने हो भने कफीले स्वास्थ्यलाई निकै फाइदा गर्छ । गर्भवती महिलाबाहेक अन्य मानिसले दिनमा ३ कप कफी पिउनाले स्वास्थ्यलाई फाइदा गर्ने एक अध्ययनले देखाएको छ ।

‘युनिभर्सिटी अफ साउद ह्याम्पटन’का अनुसन्धानकर्ताहरुले गरेको अध्ययनले आवश्यक मात्रामा कफी पिउनाले मानिसलाई कलेजोसम्बन्धी रोग, क्यान्सर र पक्षघात लगायत दीर्घकालिन प्राणघातक रोगको जोखिम कम हुने देखाएका छन्। कफीमा क्रिम र केक नमिसाउन सल्लाह दिएका छन् ।

३ कप कफी पिउनुको सबैभन्दा ठूलो फाइदा कलेजोसम्बन्धी रोग र क्यान्सरको जोखिम कम हुने देखिएको उल्लेख गरेका  छन् । ठिक्क मात्रामा कफी सेवन गर्नुको फाइदा धेरै भएको  प्रा.रोड्रिकले जनाएका छन् । अध्ययनले हड्डीमा समस्या देखिएको महिलाहरुले पनि कफीको मात्रा कम गर्न सुझाव दिएको छ ।